प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाम नगरपालिकाका मेयर नगर प्रमुख केदार थापालाई स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान

  • प्रकाशित मितिः June 14, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकाका मेयर नगर प्रमुख केदार थापालाई स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान

इलाम । यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापाले प्राप्त गरेका छन् । दिगो विकास लक्ष्यमा योगदान पुर्‍याएको भन्दै थापालाइ‌ यो अवार्ड प्रदान गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।


हेल्थ अवार्ड किन थापालाई  ?

इलाम अस्पताल बिकास समितिको अध्यक्ष भएको समयमा हालका इलाम नगरपालिकाका मेयर केदार थापाकै पहलमा इलाम अस्पतालमा डाइलासिस मेसिन जडान गरेर सञ्चालन गर्न पहल गरेका उनले मेयर बने लगतै डाईलासीस सेवा सुरु गरेका थिए । हाल मेसिन सञ्चालनमा आएपछि त्यसलाई चलाउन आवश्यक पर्ने दक्ष जनशक्ति पनि नगर प्रमुख थापाकै पहलमा ल्याएर सेवा दिइरहेका छन् ।

यति मात्र नभएर इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरि डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सहज सेवा दिइने कामको सुरु गरे ।जस्का कारण अस्पतालमा सेवा लिन आउँने जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सहज भएको छ । यि लगायत अन्य थुप्रै काम स्वास्थ्य क्षेत्रमा गरेका कारण थापालाइ यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड पाउने अरु को को हुन ?
यस्तै अवार्ड पाउनेहरुमा इलाम नगरपालिकाका मेयर केदार थापा सहित हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।

TOP