इलाम नगरपालिकाका मेयर नगर प्रमुख केदार थापालाई स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

इलाम नगरपालिकाका मेयर नगर प्रमुख केदार थापालाई स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

इलाम । यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापाले प्राप्त गरेका छन् । दिगो विकास लक्ष्यमा योगदान पुर्‍याएको भन्दै थापालाइ‌ यो अवार्ड प्रदान गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।


हेल्थ अवार्ड किन थापालाई  ?

इलाम अस्पताल बिकास समितिको अध्यक्ष भएको समयमा हालका इलाम नगरपालिकाका मेयर केदार थापाकै पहलमा इलाम अस्पतालमा डाइलासिस मेसिन जडान गरेर सञ्चालन गर्न पहल गरेका उनले मेयर बने लगतै डाईलासीस सेवा सुरु गरेका थिए । हाल मेसिन सञ्चालनमा आएपछि त्यसलाई चलाउन आवश्यक पर्ने दक्ष जनशक्ति पनि नगर प्रमुख थापाकै पहलमा ल्याएर सेवा दिइरहेका छन् ।

यति मात्र नभएर इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरि डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सहज सेवा दिइने कामको सुरु गरे ।जस्का कारण अस्पतालमा सेवा लिन आउँने जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सहज भएको छ । यि लगायत अन्य थुप्रै काम स्वास्थ्य क्षेत्रमा गरेका कारण थापालाइ यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड पाउने अरु को को हुन ?
यस्तै अवार्ड पाउनेहरुमा इलाम नगरपालिकाका मेयर केदार थापा सहित हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।

TOP