माईजोगमाई गाउँपालिकामा लेखा अधिकृत संग अनैतिक कार्य गर्ने प्रशासकीय अधिकृतलाई कारवाही गर्न सिफारिस – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकामा लेखा अधिकृत संग अनैतिक कार्य गर्ने प्रशासकीय अधिकृतलाई कारवाही गर्न सिफारिस

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

फिक्कल : इलामको माईजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।
गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निश्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो ।
गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनु भयो । उहाका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभए सम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ ।
गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरीएको थियो । भिडियो बाहिरीए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो । गाउँपालिकाले जारी गरेको प्रेश बिज्ञप्तीमा बाहिरीएको भिडियो सीसीटीभि फुटेज हो की होईन भनेर छानविन गर्न र भिडियो कसी बाहिरीयो भन्ने पत्ता लागउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने भएको छ ।
गाउँपालिकाले गत साउन १८ गते गाउँपालिकामा भएको आगलागिको छानविन गर्नका लागि समेत प्राविधकको सहयोग लिने भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भएको छ । यस अघि गाउँपालिका अध्यक्ष थेवेको अध्यक्षतामा समिति गठन भए पनि कुनै प्रतिवेदन सार्वजनिक भएको थिएन । आगलागिबाट १३ लाख बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ । अनैतिक गतिबिधिको प्रमाण नष्ट गर्न तत्कालिन प्रशासकीय अधिकृत राईले आगजनी गरेको भनेर समेत बिरोध भैरहेको छ । अधिकृत राई यस अघि नै सरुवा भएर झापाको बाह्दशी गाउँपालिका जानु भएको छ भने लेखा अधिकृत राईले निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । भिडियो बाहिरीएकै दिन लेखा अधिकृत राई पनि कार्यालय छोडेर काठ्माण्डौ जानु भएको छ ।
गाउँपालिकाले बिज्ञप्तीमा उक्त क्रियाकलापबाट गाउँबासी र कर्मचारीलाई बिचलित नभई काम गर्न समेत आग्रह गरेको छ ।

TOP