पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

अन्तु सहितका पर्यटकीय स्थलको प्रचार–प्रसारमा सिकिमका मोटर साईकल राइडर

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
अन्तु सहितका पर्यटकीय स्थलको प्रचार–प्रसारमा सिकिमका मोटर साईकल राइडर

फिक्कल: छिमेकी देश भारतको सिकिमका ७० जना मोटरसाईकल राईडरले पर्यटकीय स्थल अन्तु सहितका क्षेत्रमा मोटर साईकल रयाली गरेका छन ।
नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले सिकिम देखि पशुपतिनगर , बौद्धपार्क कन्याम र रोङको पाथीभरा हुँदै झापा काकडभिट्टा सम्म मोटर साईकल रयाली गरेका हुँन ।
ओपन रोड ओननडष्ट मोटरसाईकल क्लब सिकिमका अध्यक्ष रोषन क्षेत्रीको नेतृत्वमा आएको उक्त टोलीलाई अन्तु पर्यटन ब्यवसायी संघले स्वागत र बिदाई गरेको थियो । ओपन रोड ओननडष्ट मोटरसाईकल क्लब सिकिमका अध्यक्ष क्षेत्रीले अन्तु सहितका क्षेत्र पर्यटकीय हिसावले निक्कै अब्बल रहेको बताउनु भयो । उहाले प्राकृतिक संम्पदाको संरक्षण संगै पर्यटकीय क्षेत्रको थप बिकास गर्न जरुरी रहेको बताउनु भयो। उहाले गाउँले परिबेसका अन्तु सहितका पर्यटकीय क्षेत्रमा आउने पर्यटकले भरपुर आनन्द लिने गरेको बताउनु भयो ।
सिकिमका बाईक राईडर कविता शर्माले अन्तु पोखरीमा रात्रीकालिन पर्यटन पवर्धन गर्न पोखरीमा लाईट र आसपासका सडकको सुधार गर्न सुझाव दिनु भयो ।
५२ वटा मोटरसाईकलमा आएको उक्त टोली १ दिन अन्तु बसेको थियो । अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले छिमेकी देशका पाहुँनाले अन्तु सहितका पूर्वी क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुगेको बताउनु भयो । उहाले पर्यटन प्रवर्धन गर्नका लागि दुबै देशका पर्यटन ब्यवसायी बिच सहकार्य जरुरी रहेको बताउनु भयो । अन्तु आएको उक्त टोली झापा काकडभिट्टा हुँदै सिकिम प्रवेश गरेको छ ।

TOP