जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा संचालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख जरिवाना बुझाएको छ ।इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोईरालाको नेतृत्वको टोलीले अनुगमन गर्दा प्रतिबन्धित बेटाडिन बिक्री बितरण गरिएको पाईए पछि तीन दिन अघि दुई लाख रुपियाँ जरिवाना तोकेको थियो ।

मेडिकोका अशोक यादवले आईतबार जिल्ला प्रशासन कार्यालय इलाममा तोकीएको जरिवाना बुझाएको सहायक प्रजिअ कोईरालाले जानकारी दिनु भयो । संचालकले आफनो नाममा दर्ता कायम रहेका कागजपत्र समेत पेश गर्ने प्रतिवद्धता जनाए पछि मेडिको खोल्न दिईएको छ । यस अघि आफनो नाममा दर्ता कायम रहेको कागजपत्र नभएकाले मेडिको बन्द गर्न निर्देशन दिईएको थियो ।

अनुगमनका क्रममा उक्त मेडिकोमा फर हस्पिटल सप्लाई वनली लेखिएको बेटाडिन ५ बोतल बिक्रीका लागि राखीएको पाईए पछि जरिवाना गरिएको तोकीएको थियो । उक्त बेटाडिन सरकारी अस्पतालले मात्र प्रयोग गर्न पाउछन । सहायक प्रजिअका अनुसार उक्त मेडिकोलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दर्फा ३८(ङ) र उक्त ऐनको दर्फा ३९(१) (क) अनुसार जरिवाना गरी सात दिन भित्रमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा संचालित मेडिकलको अनुगमन गरिरहेको छ । इलाम बजारका केहि मेडिकललाई यस अघि जरिवाना गरेको थियो ।

TOP