चिनियाँ पर्यटकका लागि नेपाल खुला – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

चिनियाँ पर्यटकका लागि नेपाल खुला

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika


काठमाडौँ: चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ ।

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।

फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारतपछि धेरै नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटक हुन् । पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या सन्तोषजनक रूपमा बढ्दै जाँदा चीनले समेत प्रतिबन्ध खुला गरेपछि अब नेपाली पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरेका छौँ ।”

चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो । पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ ।

हाल नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँबाट खुनमिङ ९कुनमिङ०मा हप्तामा दुई र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ ।

त्यसैगरी एयर चाइनाले छन्तु–काठमाडौँ रुटमा हप्तामा दुई उडान गरिरहेको छ । त्यसैगरी चाइन साउदर्न एयरले हप्तामा एक पटक काठमाडौँ–क्वाङ्चौ ९ग्वान्झाउ०मा उडान गरिरहेको छ ।

कोरोना महामारीका सिछुवान एयरले हप्तामा चार र तिब्बत एयरले पनि हप्तामा दुई उडान भर्दै आइरहेका थिए । सिचुवानले फागुन ६ गतेदेखि उडान तयारी गरेको छ । नेपाल आउने पर्यटकको सङ्ख्या सबभन्दा बढी भारतपछि चीन रहेको थियो ।

पछिल्लो समय न्यून चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् । सन् २०२३ को जनवरीमा एक हजार ४३६ र दुई हजार २३२ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । गोरखापत्र अनलाईनबाट

TOP