जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिका ५ का सडक स्तरोन्नती हुँदै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका ५ का सडक स्तरोन्नती हुँदै

गोपाल निरौला

इलाम नगरपालिका ५ नम्बर वडा कार्यालयले सडक स्तरोन्नतीलाई प्राथामिकता दिएको छ ।वडा भित्रका मुख्य सडकलाई नाली पेटी सहित ग्रावेल गर्ने वडा कार्यालयले योजना बनाएको छ ।जसअनुसार अहिले विभिन्न सडकको काम सुरु भईसकेको वडाअध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार दूध चिस्यान केन्द्र हुँदै मालबासे मुलाबारी हुँदै पुवाखोलासम्मको सडक स्तरोन्नतीको काम भइरहेको छ ।पक्की नाली पेटीसहित यो सडकलाई ग्रावेल गर्ने योजना छ ।यस्तै विब्ल्याँटे बजारबाट रुलुक जाने सडकको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।यो सडक मर्मतका लागि कर्लभट निर्माण र ग्रावेल गर्ने काम भइरहेको छ ।चुरेघाँटीदेखी तोरीबारी हुँदै पुवाखोला जाने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।हाल यो सडकलाई चौडा गर्ने काम भइरहेको छ । इलाम नगरपालकिा वडा नम्बर ५मा साना ठूला गरी ६१ वटा सडकहरु संचालनमा छन्। प्राथमिकता र मापदण्डका आधारमा सबै सडकहरु क्रमशः नाली पेटी सोलिङ र ग्रावल सहित स्तरोन्नति गर्ने गरी ९वटा निर्माण समितिले काम गरिरहेको छ ।सबै सडकलाई बार्है महिना कसरी संचालन गर्ने भन्न्ेबारेमा आफूहरु चिन्तित रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।साथै अवको आर्थिक विकास कृषि पर्यटनलार्ई ध्यान दिदै अर्गानिक कृषिमा जोड दिन प्राङ्गारिक मल उत्पादन गरीने उहाँले बताउनुभयो ।

TOP