जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान

नयाँबजार: माईजोगमाई गाउँपालिका वडा न ५ मा जेष्ठ नागरिक सम्मान , अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामाग्री र विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्नभएको छ ।
माईजोगमाई गाउँपालिका वडा न ५ सोयाङमा मा ८२ देखि ८४ वर्ष उमेर समुहका जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो । साथै अपाङ्गता भएका बिद्यार्थीलाई शैक्षिक सामग्री र अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री समेत वितरण गरिएको छ ।
कार्यक्रम माईजोगमाई गाउँपालिका वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै वडाका जनप्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
जेष्ठ नागरिक जिउदो ईतिहास भएकोले उहाँहरुलाई सम्मान सदैव गर्नुपर्ने उपस्थित अतिथिले बताउनुभयो ।माईजोगमाई गाउँपालिकाले सामाजिक विकासको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । गाउँपालिका क्षेत्रका जेष्ठ नागरिक , असक्त अपाङगता भएका व्यक्ति र विपन्न वर्गको जीवन स्तर उकास्न पालिकाले बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

TOP