कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान

नयाँबजार: माईजोगमाई गाउँपालिका वडा न ५ मा जेष्ठ नागरिक सम्मान , अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामाग्री र विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्नभएको छ ।
माईजोगमाई गाउँपालिका वडा न ५ सोयाङमा मा ८२ देखि ८४ वर्ष उमेर समुहका जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो । साथै अपाङ्गता भएका बिद्यार्थीलाई शैक्षिक सामग्री र अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री समेत वितरण गरिएको छ ।
कार्यक्रम माईजोगमाई गाउँपालिका वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै वडाका जनप्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
जेष्ठ नागरिक जिउदो ईतिहास भएकोले उहाँहरुलाई सम्मान सदैव गर्नुपर्ने उपस्थित अतिथिले बताउनुभयो ।माईजोगमाई गाउँपालिकाले सामाजिक विकासको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । गाउँपालिका क्षेत्रका जेष्ठ नागरिक , असक्त अपाङगता भएका व्यक्ति र विपन्न वर्गको जीवन स्तर उकास्न पालिकाले बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

TOP