पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

एक दिनमा कति पानी पिउने ?

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
एक दिनमा कति पानी पिउने ?

सामान्य व्यक्ति(पुरूष या महिला)ले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकैचोटि पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँलो हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ।यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। तर तिर्खा लाग्यो भन्दैनमा १र२ लिटर पानी खानु हुँदैन। धेरै पानी एकैचोटि पिउँदा वान्ता हुन सक्छ। पेट फुले जस्तो र शरीरलाई असहज हुन्छ।

मिलाएर दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ। धेरै गर्मी छ शरीरमा पसिना आएको छ वा काम गरिएको छ भने मात्रा बढाउनुपर्ने पनि हुन्छ। एकपटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढीमा दुई गिलाससम्म पिउन सकिन्छ।

सामान्यतया सबैले बिहान उठ्नासाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्यास्ट्रिकको समस्या हुनेलाई त अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिँदैन। तर पिसाबको समस्या हुनेले नपिएको राम्रो।

खाना खाने समयमा पानी नखाएको राम्रो हुन्छ। शरीरको तौल घटाउन चाहनेहरूले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक(दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।

खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रूच्दैन। त्यसैले पानी पिउनु हुँदैन भनिएको हो। तर पिउनै नहुने त्यस्तो कुनै कारण छैन।पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरूले दिनमा डेढदेखि दुई लिटरसम्म पिए हुन्छ। धेरै गर्मी छ भने मात्रा बढाउनुपर्छ।

पानी पर्याप्त भयो भने मस्तिष्कका लागि पनि राम्रो हुन्छ। नभए मान्छे थकित हुने, काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खाँदा असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ।

एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउँदा शरीरलाई हानि गर्दैन।खुट्टा सुन्निने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउनु हुँदैन। चिकित्सकको सल्लाह लिनुपर्छ। मिर्गौला र मधुमेहका बिरामीले पनि डाक्टरको सल्लाह बमोजिम खानुपर्छ। त्यस्तै पखाला लागेको बेलामा शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ।

TOP