जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

जीवन व्यवस्थित बनाउने ८ कला

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
जीवन व्यवस्थित बनाउने ८ कला

भारतका चर्चित आध्यात्मिक गुरु स्वामी विवेकानन्दको ४ जुलाई १९०२ मा ३९ वर्षको उमेरमै निधन भएको थियो । तर, छोटो उमेरमै पनि उनले भारतीय वेदान्त दर्शन र योगलाई पश्चिमा विश्वमा फैलाउन महत्वपूर्ण भूमिका खेले । विश्वभरका करोडौँ मानिसमा सकारात्मक प्रेरणा भर्ने विवेकानन्दले जीवन व्यवस्थित बनाउन दिएका केही सुझाव यस्ता छन् :

आत्मविश्वास :  आफू र आफ्नो क्षमतामा विश्वास गर्नुस् । चुनौतीसँग लड्नका लागि भित्री सामथ्र्य र कठोरता विकास गर्नुस् । आफ्नो क्षमतालाई बुझेर दक्षता अभिवृद्धि गर्नुपर्छ । जब तपाईंलाई आफ्नो बलियो पक्ष थाहा हुन्छ, तब कुनै पनि क्षेत्रमा आफ्नो विज्ञता कति छ भन्ने प्रस्ट थाहा हुन्छ र तपाईंमा आत्मविश्वास बढ्छ ।

सकारात्मक सोच :  सधैँ सकारात्मक सोच्नुस् । कठिन समयमा आशावादी रहनुस् । मानवसँग भएको सबैभन्दा ठूलो स्रोत नै मस्तिष्क हो । नकारात्मक सोचले यसलाई कमजोर बनाइदिन्छ । तपाईंले जे सोच्नुहुन्छ, त्यही बन्ने हो । त्यसैले सकारात्मक सोच्न जरुरी छ ।

अनुशासन :  आत्मअनुशासनको अभ्यास जीवनका हरेक पक्षमा गर्नुस् । विचार, कदम र बानी अनुशासित हुन जरुरी छ । यसले सफलता र व्यक्तिगत विकासमा सहयोग गर्छ ।

सेवाभाव :  समाजको हितका लागि सोच्नुस् । स्वार्थरहित भएर गरिएको सेवाले दयाभाव र लगावलाई बढावा दिन्छ ।

निरन्तरको ज्ञान :  पढ्न कहिल्यै नछाड्नुस् । ज्ञान र आत्मसुधार व्यक्तिगत तथा बौद्धिक विकासका लागि महत्वपूर्ण छ ।

शारीरिक स्वास्थ्य :  आफ्नो शरीरको अध्यान दिनुस् । यसका लागि अभ्यास र सन्तुलित भोजन आवश्यक छ । समग्र खुसी र सफलताका लागि शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ ।

नडराउनुस् :  हरेक चुनौतीलाई साहसपूर्वक सामना गर्नुस् । कठिनाइको धैर्य र प्रतिबद्धताका साथ सामना गर्नुस् ।

आध्यात्मिक विकास :  ध्यानका लागि समय छुट्याउनुस् । यसले भित्री शान्ति दिलाउँछ, मस्तिष्कलाई स्पष्ट गर्छ र आध्यात्मिक विकासमा सहयोग गर्छ । जीवनको गहिरो अर्थ र लक्ष्य खोज्नुस् । आफूलाई भित्रैदेखि चिन्ने प्रयास गर्नुस् । बाहिरी दुनियाँमा निर्भर रहनुभन्दा लक्ष्य हासिल गर्नका लागि आफ्नै प्रयास र क्षमतामा निर्भर रहनुस् । स्पष्ट योजना बनाउनुस् । आफ्ना भावनालाई अरूको प्रभाव वा दबाबविना नै स्वस्थ रूपमा अभिव्यक्त गर्ने कला सिक्न जरुरी छ ।
(विवेकानन्दको बिचारमा आधारित लेख नयाँ पत्रिका दैनिकबाट साभार)

TOP