Hamropalika menu advertisement

आर्थिक क्रान्ति सफल बनाउनपर्यटनको सम्बद्र्धन आवश्यक:मुख्य मन्त्री राई

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
आर्थिक क्रान्ति सफल बनाउनपर्यटनको सम्बद्र्धन आवश्यक:मुख्य मन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।दक्षिणी इलामको माई नगरपालिका १ को विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताउनुभयो ।
विहिबारदेखि शुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, माइ नगर पालिका प्रमुख दिपक कुमार थेवे, एकिकृत समाजबादिका जिल्ला अध्यक्ष भक्त केसी समेतका वक्ताहरुले १३ कुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नगर प्रमुख थेवेले १३कुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा इनपा ११ का वडाध्यक्ष रविन एक्तेन, माइका वडाध्यक्षहरु पदम फागो लिला बहादुर राई , मुखराज आड.्देम्बे, नेकपा एकिकृत समाजबादिका अनिल कुमार तामाड., जसपाका टुपेन्द्र एक्तेन , माओबादी केन्द्रका धन कुमार लिम्बुले महोत्सवको शुभकामना मन्तव्य राख्नुभयो ।
१३ कुने सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष कहरसिंह राईको अध्यक्षतामा भएको महोत्सव उद्घाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बु समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
विहिबार शुरु भएको महोत्सव ११ गतेसम्म संचालन हुने भएको छ । चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक, कार्यक्रम , खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । करिव सय रोपनी क्षेत्रमा फैलिएको सीमसार क्षेत्रमा रहेको पोखरीमा डुंगा चड्ने व्यवस्था रहेको छ ।

TOP