जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलामको सन्दकपुर वडा २ लाई ‘संकटग्रस्त वडा’ घोषणा गर्न सिफारिस

  • प्रकाशित मितिः September 11, 2026
  • हाम्रो पालिका
इलामको सन्दकपुर वडा २ लाई ‘संकटग्रस्त वडा’ घोषणा गर्न सिफारिस

इलाम : इलामको सन्दकपुर गाउँपालिको वडा नम्बर २ (माइमझुवा) लाई ‘संकटग्रस्त वडा’ घोषणाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले यो वडामा बाढी–पहिरोको क्षति अधिक रहेको विवरण आएपछि ‘संकटग्रस्त वडा’का रूपमा संघीय सरकारलाई सिफारिस गरेको हो।

‘अहिलेसम्म जिल्लामा आएका विवरणमध्ये सन्दकपुरको वडा २ मा सबैभन्दा बढी क्षति भएको देखिएकाले यसलाई संकटग्रस्तव वडाका रूपमा घोषणा गर्न सिफारिस गरिएको छ,’ सिडिओ तथा समिति अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘क्षतिको विवरण संकलन हुने क्रम भने जारी नै छ।’ अविरल वर्षाका कारण सन्दकपुर गाउँपालिका २ को अधिकांश क्षेत्रमा बाटो, पुल, कल्भर्ट, निजी आवास, सिँचाइ, खानेपानीलगायतमा धेरै क्षति भएको छ। प्रारम्भिक तथ्याङ्कको आधारमा डेढ सयभन्दा बढी निजी आवासमा क्षति भई बसोबास गर्न नसक्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार धेरै क्षेत्रमा जमिन थिलथिलो भई बस्ती स्थानान्तरण गर्नुपर्ने, पैदल बाटोसमेत नभएको र अरू संरचनामा समेत क्षति भएको छ। पक्की मोटरेबल पुल एउटा कल्भर्ट चार वटा, विद्युतका धेरै पोल, पैदल हिँड्न मिल्ने पक्की पुल चार वटा, मुख्य तथा सहायक अधिकांश सडकमा क्षति भएको छ।

दुई हजार रोपनीभन्दा बढी क्षेत्रको खेतीबाली, हजार रोपनीभन्दा बढीको बसोबासयोग्य जमिन नष्ट भएको छ । खानेपानी आयोजना २० भन्दा बढी, साना सिँचाइ आयोजना तीन वटा, लघुविद्युतको संरचना १० वटा, विभिन्न पर्यटकीय पूर्वाधारलगायतमा क्षति भएको छ।

‘यो क्षति गाउँपालिकाको स्रोत, साधन तथा क्षमताले नभ्याउने अवस्था छ,’ राउतले भने, ‘सन्दकपुर गाउँपालिकाबाट इलाम नगरपालिका आउने खानेपानीको गिताङ्ग, सघन खानेपानी आयोजनाबाट निर्माण भएको राते र मेवाखोलाको सम्पूर्ण संरचना ९इन्टेक, हजार मिटरभन्दा बढी खानेपानी पाइपलाइन० क्षति भएको छ,’ उनले भने, ‘त्यसैले हामीले यो वडालाई संकटग्रस्त वडा घोषणाका लागि विपद् व्यवस्थापन समितिमा अनुरोध गरेका थियौँ।’ नागरिक न्युज

TOP