जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाममा भन्सार छलीको कपडा सहित गाडी बरामद

  • प्रकाशित मितिः September 11, 2026
  • हाम्रो पालिका
इलाममा भन्सार छलीको कपडा सहित गाडी बरामद

फिक्कल: इलामको पशुपतिनगर स्थित नेपाल भारत खुल्ला सिमानाबाट हुँदै भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याईएको कपडा प्रहरीले इलामको गोलाखर्कबाट बरामद गरेको छ । भारतबाट पशुपतिनगर नाका हुँदै इलाम नगरपालिका ९ गोलाखर्कमा पु¥याईएको पाँच लाख बढीको अवैध कपडा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।
मेची राजमार्गमा चेक प्वाईन्ट खडा चेकजाँच गर्ने क्रममा मे १ ज २०६६ नम्बरको गाडिमा जुम्लाको हिमा गाउँपालिका वडा नं. १ बस्ने ४७ बर्षीय पूर्ण शाहीले इलाम पशुपतिनगरको नेपाल भारत खुल्ला सिमा नाकाको प्रयोग गरी भारतबाट भन्सार छलेर ल्याउदै गरेको पाँच लाख ११ हजार दुई सय २० रुपियाँ मुल्य बराबरको कपडा र मे १ ज २०६६ नम्बरको गाडी सहित बरामद गरी कारवाहीका लागि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

TOP