प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन गठबन्धन इलामको अपिल

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन गठबन्धन इलामको अपिल

फिक्कल: इलाममा बाम लोकतान्त्रिक गठबन्धनको निर्णय विरुद्ध उमेद्धवारी दिने प्रस्ताव गर्ने तथा समर्थन गर्नेलाई उम्मेदवारी फिर्ता लिएर निर्वाचन गतिविधिमा सहभागी हुन् आग्रह गरिएको छ । गठबन्धन दलका सभापति एवम अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धन कार्यान्वयनका लागि कार्यकर्तालाई अपिल गरिएको हो ।
नेपाली कांग्रेसका सभापति डम्बर खड्का, माओवादी केन्द्रका संयोजक विजय खम्बु र एकिकृत समाजवादी अध्यक्ष भक्त केसीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘अग्रगमनका पक्षधर लोकतान्त्रिक–बाम गठबन्धनका उमेदवारलाई विजय गराउन महत्वपुर्ण भुमिका खेल्नुहुने विश्वास व्यक्त गर्दै पार्टी अनुशासनलाई कडाई पुर्वक कार्यन्वयन गरी गठबन्धनका साझा उमेदवार विरुद्ध कुनै पनि किसिमका गतिविधि एवं टिका टिप्पणीमा नर्गन नगराउन हुन सम्बन्धित नेता तथा कार्यकर्ताहरुमा विषेश ध्यानाकर्षण गराउन चाहन्छौं ।’
गठबन्धनले मंसिर ४ गते पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार संघीय निर्वाचन क्षेत्र नं १ इलाममा नेकपा एककित समाजवादी) पार्टीका झलनाथ खनाललाई कलम चिन्हमा प्रदेश निर्वाचन क्षेत्र नं १(क) इलाममा नेकपा (एकूकित समाजवादी पार्टीका खिनु लङवा लिम्बुलाई कलम चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नं १(ख) इलाममा नेपाली कांग्रेस पार्टीका शम्सेर राईलाई रुख निर्वाचन चिन्हमा मत दिन आग्रह गरेको छ ।
त्यसैगरी संघीय निर्वाचन क्षेत्र न –२ इलाममा नेपाली कांग्रेसका डम्बर बहादुर खडकालाई रुख चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नं २ (क) इलाममा नेपाली कांग्रेसका गोविन्द गिरीलाई रुख चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नं २(ख) इलाममा नेकपा (माओवादी केन्द्र) पार्टीका हर्क बहादुर लावती (कान्छा) लाई गोलाकार भित्रको हंसिया हथौडा चिन्हमा मतदान गरी विजय गराउन अपिल गरेको छ ।समानुपातिक तर्फ आ–आफनो राजनैतिक दलको निर्वाचन चिन्हमा मतदान गर्न समेत गठबन्धनले अपिल गरेको छ । गठबन्धनले संयुक्त कार्यक्रम गरेर मतदाताको घरदैलोमा पुग्ने जनाएको छ ।

TOP