खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

नेता मात्र नभई जनता समेत देश बिर्गान लागे : राप्रपा अध्यक्ष लिङदेन

  • प्रकाशित मितिः October 18, 2026
  • हाम्रो पालिका
नेता मात्र नभई जनता समेत देश बिर्गान लागे : राप्रपा अध्यक्ष लिङदेन

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देश बिगारेको बताएका छन् । इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रीएको बताएका हुन् ।
उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’ । परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट लगाएको अर्को पुस्ताले पनि सोही पार्टीमा भोट हाल्ने परम्पराले पनि देश विकास हुन नसकेको उनको भनाई छ । उनले थपे ‘यो देश विगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नु पर्छ ।’
उनले देश समृद्धि र विकासतर्फ उन्मुख गराउने हो भने पार्टी हेरेर भन्दा पनि उम्मेद्धारलाई हेरेर निति र सिद्धान्त हेरेर भोट लगाउन सक्नु पर्ने बताए ।
नेपाली कांग्रेसको महादिवेशनमा नेतालाई जनताले गाउँमा चोर आयो भन्छन् भनेर भनेपछि निकै आलोचना र समर्थन समेत पाएका उनले चोर नेतालाई जिताउने जनता पनि देश बिगार्ने काममा लागेको उनको धारणा छ ।
उनले हाल देशका ठुला भनाउँदा कांग्रेस र कम्युनिष्ट पार्टीबाट देशमा भ्रष्टाचार मौलाएको, बिक्रिति बढेको र जनताले दुख पाएको भन्दै अब जनताले ति दलहरुलाई पछि पार्नुपर्ने धारणा राखे । हालको ब्यवस्थामा परिवर्तन र सुधार आवश्यक रहेको भन्दै उनले आगामी मंसिर चार गते जनतालाई बिचार गर्न आग्रह गरे ।
इलामका जनताले जिताएका नेता प्रधानमन्त्री, मन्त्रि र उच्च ओहदामा पुग्दा पनि इलाममा विकास नभएको भन्दै उनले निकै बिचार गरेर आफ्नो मत प्रयोग गर्न जनतालाई आग्रह गरे ।
अब पनि कांग्रेस कम्युनिष्टले मत पाउनु भनेको आफु मात्र नभएर आउने पुस्ता समेत पछि पर्ने काम हुने भन्दै हलो चिन्हमा मतदान गर्न उनको आग्रह छ ।
सबैभन्दा माथी देश भएको भन्दै उनले देशको विकासमा कुनैपनि पार्टीका नेताहरु नलागेको उनको भनाई छ । भ्रष्टाचार गर्नु भनेको सामान्य विषय भएको भन्दै उनले यसलाई सामान्य रुपमा नलिन जनतालाई आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले हाल कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आफ्ना नेताहरुले आफुसँग केही गर्न नसकेको गुनाशो गर्ने गरेको भएपनि भोट परम्परागत रुपमा नै लगाएका कारण केही दलमात्र अगाडी बढेको धारणा राखे । उनले देशलाई समृद्धिको बाटोमा लैजाने भिजन आफुसँग रहेको बताउँदै पछिल्लो समय धेरै युवाहरु आफ्नो पार्टीमा गोलवद्ध हुने क्रम बढेको बताए ।

TOP