खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै

  • प्रकाशित मितिः October 22, 2026
  • हाम्रो पालिका
सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै

इलाम : सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले ७४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन्। दुवै जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। कम्पनीले ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन्।

जसमध्ये सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्दैछ। यस्तै, माइखोला हाइड्रोपावर १९ लाख २१ हजार कित्ता सेयर जारी गर्न स्वीकृति मागेको हो। सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९।९ मेगावाट हो।

यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ। सगरमाथाले भदौ ९ र माइखोलाले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

TOP