Hamropalika menu advertisement

सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै

इलाम : सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले ७४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन्। दुवै जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। कम्पनीले ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन्।

जसमध्ये सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्दैछ। यस्तै, माइखोला हाइड्रोपावर १९ लाख २१ हजार कित्ता सेयर जारी गर्न स्वीकृति मागेको हो। सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९।९ मेगावाट हो।

यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ। सगरमाथाले भदौ ९ र माइखोलाले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

TOP