कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

नेपाली चिया टेस्टिङका लागि चीन पठाईदै

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
नेपाली चिया टेस्टिङका लागि  चीन पठाईदै

इलाम: नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।

“नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उहाँले भन्नुभयो । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो ।

चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उहाँले बताउनुभयो ।

यो प्रतिस्पर्धामा भाग लिएपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि तय भएको छ तर छलफलको मिति भने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि चीनमा नेपाली चिया प्रदर्शनी गर्ने तयारी बोर्डको छ ।

बोर्डका प्रवक्ता एवं निर्देशक डा. दीपक खनालले नेपालको चिया चीन पठाउने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताउनुभयो । बोर्ड तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिबीच यस विषयमा नियमित छलफल भइरहेको छ । “दुई देशबीच नीतिगत सहमति भए पनि व्यावसायिक रूपमा कुरा मिलाउन अझै बाँकी छ । नेपाली चिया खरिद गर्न चीन र बेच्न नेपालका व्यापारी पनि तयार हुनुपर्छ । त्यो तहमा कुरा हुन बाँकी छ,” डा. खनालले भन्नुभयो ।

चिनियाँ व्यापारीबीच नेपालको चिया परिचित गराउन प्रतिस्पर्धामा भाग लिन लागेको उहाँले बताउनुभयो । प्रतिस्पर्धामा सहभागी भएपछि धेरै कुरा स्पष्ट हुने बोर्डको ठम्याइ छ । दुई देशबीच अब नीतिगत कुरामा समस्या नरहेको र व्यावसायिक रूपमा केही कुरा टुङ्गो लगाउन दुई देशको कार्यदल बनाउनेबारे छलफल भइरहेको प्रवक्ता खनालले बताउनुभयो ।

“यी सबै काम द्रुतगतिमा अगाडि बढाउन कार्यदल वा एउटा समिति बनाउने कुराकानी भइरहेको छ, त्यस्तो समिति वा कार्यदल दुवै देशले बनाउनुपर्छ । त्यसले चिया निर्यातका लागि कानुनी प्रावधानदेखि लिएर अन्य कुराहरू टुङ्गो लगाउँनेछ,” उहाँले स्पष्ट पार्नुभयो ।

साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको चीन भ्रमणका क्रममा समकक्षीसँग नेपालको चियाबारे आयात–निर्यातबारे सहमति भएको थियो । उक्त भ्रमणपछि काठमाडौँमा नेपाली र चिनियाँ दूतावासका अधिकारीबीच पटक–पटक छलफल भएर यसबारे धेरै पक्षमा सहमति भइसकेको छ ।

भारतीय संसद्मा नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाएपछि नेपालले चिया बजारको विकल्प खोज्न लागेको हो ।

उत्पादन र आयात–निर्यात

चिया नेपालको एउटा मुख्य निर्यात वस्तु हो । आव २०७६÷७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा थियो । आव २०७७÷७८ मा तीन अर्ब छ करोड रुपियाँभन्दा बढीको नौ हजार ५७० मट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यसैगरी २०७८÷७९ मा तीन अर्ब ४३ करोड रुपियाँ बराबरको १२ हजार मेट्रिक टन चिया निर्यात भएको थियो । सोही आर्थिक वर्षमा आठ करोड ३६ लाख रुपियाँको २० मेट्रिक टन चिया आयात भएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९–२०२० मा दुई करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भएको छ । जसमा एक करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थोडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा सात लाख ४५ हजार किलोग्राम ग्रीन टी उत्पादन भएको छ ।गोरखापत्र अनलाईनबाट

TOP