जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

बिपी प्रतिष्ठानद्धारा इलामका नौ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

  • प्रकाशित मितिः September 11, 2026
  • हाम्रो पालिका
बिपी प्रतिष्ठानद्धारा इलामका नौ पालिकामा २१ थान  कन्सन्ट्रेटर मेसिन हस्तान्तरण


फिक्कल: दोस्रो लहरको कोराना महामारीले जिल्लालाई आक्रान्त पारीरहेको बेला इलाम जिल्लामा धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले २१ थन अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।शुक्रबार सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा मेसिन बितरण गर्दे प्रतिष्ठानले जिल्लाका नौवटा पालिकालाई २१ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जानकारी गराएको हो ।

प्रतिष्ठानबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन लिएर आउन भएका डा. बिवेक कट्टेलले कन्सन्ट्रेटर मेसिन नगर प्रमुख रण बहादुर राईलाई हस्तान्तरण गर्नु भयो । डा. कट्टेलका अनुासर इलामको सूर्योदय नगरपालिकालाई पाँचवटा, देउमाई र माई नगरपालिका संगै चुलाचुली र सन्दकपुर गाउँपालिकालाई प्रतिष्ठानले तीन/तीन वटाका दरले कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।
माईजोगमाई, रोङ, माङसेबुङ र फाकफोकथुम गाउँपालिकालाई १/१ वटाका दरले कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ । मेसिन हस्तान्तरण गर्दे डा. कट्टेलले कोरोना महामारीमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘हाम्रो सानो सहयोगले धेरै नागरिकको ज्यान बचाउन सक्छ ।’१० लिटर अक्सिजन भएको उक्त कन्सन्ट्रेटर एक पटक प्रयोग गरेर सकिए पछि भर्न कतै लानु नपर्ने भएका कारण पहाडी इलाका र दुरदराजका लागि प्रभावकारी हुने डा.कट्टेलले जानकारी दिनु भयो । उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिनको मुल्य प्रति गोटा १ लाख २५ हजार रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कोभिडका बिरामीलाई पालिका भित्रै उपचार गर्न उक्त कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाले प्रतिष्ठानले नगरको स्वास्थ्य संस्थालाई थप सहयोग गर्न आवश्यक रहेको पनि बताउनु भयो ।डा. कट्टेलले उदयपुर, भोजपुर र संखुवासभा बाहेकका सबै जिल्लामा कन्सन्ट्रेटर बितरण गर्ने काम भैरहेको जानकारी दिनु भयो । प्रतिष्ठानका डा. सोनीयाको पहलमा अमेरीकाबाट डा.मार्टीनले आर्थिक सहयोग संकलन गरी प्रदेश १ मा पठाउनु भएको १ सय ७२ वटा मेसिन बितरण गर्ने काम भैरहेको छ । डा.कट्टेलले कन्सन्ट्रेटर बितरण गरीएका पालिकाका कोभिड बिरामीलाइृ आगामी दिनमा सम्बन्धित पालिकामा पठाएर उपचार गराउन सहज हुँने बताउनु भयो ।

सूर्योदय नगरपालिकाका कोभिड १९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले नगरमा अव अक्सिजनको अभाव नहुँने बताउनु भयो । उहाका अनुसार नगरमा यस अघि ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन रहेकोमा आज थप भएको संग १२ वटा पुगेको छ । नगरमा भर्नु पर्ने अक्सिजन सिलिण्डर १८ वटा रहेको छ । पशुपतिनगरमा रहेको कोभिड अस्थाई अस्पतालबाट हाल सम्म १ सय १३ जनलाई सेवा दिई सकिएको अधिकारीले जानकारी दिनु भएको छ ।

TOP