जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयका गोपाल आचार्य गाईपालनबाट बार्षिक ४० लाख बढी आम्दानी गर्दै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सूर्योदयका गोपाल आचार्य गाईपालनबाट बार्षिक ४० लाख बढी आम्दानी गर्दै

प्रेम अधिकारी
फिक्कल(इलाम)

इलामको सूर्योदय नगरपालिका ३ का गोपाल आचार्यले ब्यवसायिक गाईपालनबाट मासिक तीन लाख बढी आम्दानी गर्दै आउनु भएको छ । पशुपालन ब्यवसायमा राम्रो भविश्य देखेर ब्यवसायिक गाईपालन थाल्नु भएका सूर्योदय ३ रुङसुङका आचार्यले गाईपालन ब्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाख बढी आम्लानी गर्दै आउनु भएको हो ।
गाउँघरमा गाईपालनलाई अझै पनि सामान्य पेशाका रुपमा मात्र लिइने गरीएको छ । तर, आचार्यले आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा गरीएको ब्यवसायिक गाईपालनले मासिक तीन लाख ५० हजार रुपियाँ सम्म आम्दानी गर्दै आउनु भएको छ । आचार्यले आफनो र अन्य जमिन लिजमा लिएर ‘पञ्चामृत गाई फार्म’ संचालन गर्दै आउनु भएको छ । उहाले दुध बिक्रीबाट मात्र मासिक दुई लाख ८८ देखि तीन लाख ६० हजार रुपियाँ सम्म आमदानी गर्ने गरेको जानकारी दिनु भयो । आफनो फार्मबाट दैनिक १६० देखि २०० लिटर सम्म दुध उत्पादन गरी नजिकैका डेरी उद्योगमा बिक्री गर्दै आएको आचार्यले जानकारी दिनु भयो । दुध डेरीमा पु¥याउदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने गरेको छ ।
आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन । त्यसमा १२ वटा दुहुन र अन्य ब्याउने अवस्थाका छन । ‘कुनै समय आधा दुहुना हुन्छन, फेरी यी थाक्दा अन्य ब्याउछन, बाह्ै महिना आम्लानीको स्रोत टुट्दैन, अहिले राम्रो छ आम्दानी’ आचार्यले भन्नु भयो । फार्ममा बाच्छाबाच्छिका लागि छुट्टै गोठ निर्माण गरिएको छ । अन्य खेतीबालीबाट सधै दुख मात्र भएपछि २०७० सालमा राष्ट्रिय बाणिज्य बैंकबाट १० लाख रुपियाँ ऋण लिएर आचार्यले दर्ता गरी गाई फार्म शुरु गर्नु भएको थियो । अहिले सम्ममाआचार्यले गोठ निर्माण देखि सबै कुरामा गरेर ४० लाख बढी लगानी फार्मममा गरी सक्नु भएको छ । उहाको गाई फार्मको मुल्य अहिले एक करोड नाघी सकेको छ । आचार्य भन्नुहुन्छ‘गाईलाई आवश्यक पर्ने पराल दानापानी किन्छौ, तर , गाई भने गोठकै बाच्छी हुर्कार बढाएका हौ, गाई किनेर त फाईदा हुँदैन ।’
गोपालकी श्रीमती सारदा संगै फार्ममा तीन जनाले रोजगारी पाएको आचार्यले जानकारी दिनु भयो । दुई जनाले फार्मका लागि एक जना सवारी चालक आचार्यले फामर्ममा कर्मचारीका रुपमा राख्नु भएको छ । गाई फार्ममा दुई जना कामदार र पिकअपमा एकजना सावारी चालकको गरी मासिक ४२ हजार खर्च तलवमै जान्छ । दुध र घास , पराल दाना ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गर्नु भएको छ ।
आफनो संगै अन्य लिजमा लिएको गरी २०० रोपनी क्षेत्रफलमा सुपर नेपियर लगायतका डाले घाँसखेती आचार्यले बिस्तार गर्नु भएको छ । आफ्नै ७० रोपनी र १३० रोपनी जमिन लिजमा लिएर घाँसखेती गरेको उहाले जानकारी दिनु भयो । २० रोपनी क्षेत्रमा सुपर नेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस गलाउनु भएको छ । ‘यति घासले मात्र पुग्दैन बर्षमा १२ हजारका दरले ४०÷५० गाडी पराल झापाबाट ल्याउछु’ आचार्यले भन्नु भयो ।
फार्ममा उहाले घास काट्ने च्यापकटर मेसिन, दुध दुने भ्याकुम मेसिन जडान गर्नु भएको छ । जसले उहालाई काममा सहजता थपेको छ । आचार्यले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक एक लाख थप आम्दानी गर्दै आएको जानकारी दिनु भयो । उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेको बताउनु भयो । नबिकेको मल आफनै खेतीबालीमा प्रयोग हुने गरेको छ ।
आचार्यले कोशी प्रदेश सरकारबाट दुई वर्षअघि दुध दुहुने उपकरण खरिदका लागि दुई लाख ५० हजार अनुदान पाउनु भएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट २० हजार पाउनु भएको छ । गाईपालन ब्यवसायबाट ब्यवसायिक बन्नु भएका आचार्यका गोठका १४ माउ गाई लम्पि स्कीन रोगले मरे । तर, बिमा मार्फत उहाले ४० हजार मात्र क्षतीपुर्ती पाउनु भयो । उहाले सरकारी अनुदान र सहयोगको खासै आस पनि गर्नु भएको छैन । ‘सरकारी अनुदान र सहयोग भनेको पहुँच हुनेले पाउने हो, हाम्रो त्यो पहुँच पनि त छैन’ आचार्यले भन्नु भयो ।
गाउँमै बसेर पाखोबारीमा घास रोपी ब्यवसायिक तवरले गाईपालन गर्दा पनि गाउमै ब्यवसायिक बनी मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उद्दाहरणको पात्र गोपाल आचार्य बन्नु भएको छ ।

TOP