जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङमा फेरी फैलियो लम्पी स्किन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
रोङमा फेरी फैलियो लम्पी स्किन

गोबिन्द पौडेल रोङ:

करिव दुईबर्ष अघि पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फेरि देखिएको छ । किसानले पालेको गाई भैंसी गोरुमा सुन्निने,घाँस दाना नखाने ,ज्वरो साथै छालामा फोका र घाउ देखिदै पशु मर्ने सम्मको समस्या रहेको लम्पी स्किन रोगवाट करोडौको नोक्सानी ब्यहोरेका किसान फेरि सोहि रोग फैलन थालेपछि रोङका किसान समस्यामा परेका छन् ।पछिल्लो तथ्याङ्क अनुसार रोङ गाउँपालिकाका सबै वडामा गरी १६ किसानका १७ वटा पशु सक्रमित भएको र १ वटा मरेको विवरण प्राप्त भएको रोङ गाउँपालिका पशुशाखाका प्राविधिक राकेस कुमार राउतले बताए ।
सयौको सख्यामा पशुहमा सक्रमण भएको अनुमान गरिएको रोङ गाउँपालिकामा नियन्त्रणका लागि पशु प्राबिधिक, जनप्रतिनिधि,टोलबिकास समिति सबैमा तैयारी गरी रोग नियन्त्रका लागि काम भैरहेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।

TOP