पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

रोङमा फेरी फैलियो लम्पी स्किन

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
रोङमा फेरी फैलियो लम्पी स्किन

गोबिन्द पौडेल रोङ:

करिव दुईबर्ष अघि पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फेरि देखिएको छ । किसानले पालेको गाई भैंसी गोरुमा सुन्निने,घाँस दाना नखाने ,ज्वरो साथै छालामा फोका र घाउ देखिदै पशु मर्ने सम्मको समस्या रहेको लम्पी स्किन रोगवाट करोडौको नोक्सानी ब्यहोरेका किसान फेरि सोहि रोग फैलन थालेपछि रोङका किसान समस्यामा परेका छन् ।पछिल्लो तथ्याङ्क अनुसार रोङ गाउँपालिकाका सबै वडामा गरी १६ किसानका १७ वटा पशु सक्रमित भएको र १ वटा मरेको विवरण प्राप्त भएको रोङ गाउँपालिका पशुशाखाका प्राविधिक राकेस कुमार राउतले बताए ।
सयौको सख्यामा पशुहमा सक्रमण भएको अनुमान गरिएको रोङ गाउँपालिकामा नियन्त्रणका लागि पशु प्राबिधिक, जनप्रतिनिधि,टोलबिकास समिति सबैमा तैयारी गरी रोग नियन्त्रका लागि काम भैरहेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।

TOP