खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण

  • प्रकाशित मितिः October 22, 2026
  • हाम्रो पालिका
सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरीएको छ । नगरको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार नगरका ५५५ जना पशुपालक किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरीएको हो ।
नगरको आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख बराबरको प्लाष्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख बराबरको टनेल, २६ जना किसानलाई १६ लाख बराबरको हाते ट्याक्टर र ६३जना किसानलाई छ लाख रुपैयाँ बराबरको काउ म्याट बितरण गरीएको छ । जसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ ।
सामग्री बितरण कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले अनुदानमा बितरण गरीएका सामग्रीको सहि सदुपयोग नभएको गुनासो आउने गरेकाले वडाको सिफारिमा मात्र सामग्री बितरण गरीएको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले कृषि र पशु क्षेत्रको बिकास र बिस्तारका लागि सामग्री हस्तान्तरण गरीएको जानकारी दिनु भयो । उहाले बितरण गरिएका सामग्रीको सहि सदुपयोग भए नभएको अनुगमन गरीने जानकारी दिनु भयो ।
सूर्योदयमा चिया, स्कुस, आलु, अदुवा, अलैची , अकबरे अम्लिसो जस्ता नगदे बाली उत्पादन हुने गरेको छ । यो नगरपालिका दुध उत्पादन गर्ने अग्रणी क्षेत्र समेत हो । नगरले यस अघि नै पशुमा लाग्ने खोरेत रोग बिरुद्धको अभियान समेत संचालन गरीसकेको छ ।

TOP