Hamropalika menu advertisement

सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरीएको छ । नगरको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार नगरका ५५५ जना पशुपालक किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरीएको हो ।
नगरको आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख बराबरको प्लाष्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख बराबरको टनेल, २६ जना किसानलाई १६ लाख बराबरको हाते ट्याक्टर र ६३जना किसानलाई छ लाख रुपैयाँ बराबरको काउ म्याट बितरण गरीएको छ । जसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ ।
सामग्री बितरण कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले अनुदानमा बितरण गरीएका सामग्रीको सहि सदुपयोग नभएको गुनासो आउने गरेकाले वडाको सिफारिमा मात्र सामग्री बितरण गरीएको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले कृषि र पशु क्षेत्रको बिकास र बिस्तारका लागि सामग्री हस्तान्तरण गरीएको जानकारी दिनु भयो । उहाले बितरण गरिएका सामग्रीको सहि सदुपयोग भए नभएको अनुगमन गरीने जानकारी दिनु भयो ।
सूर्योदयमा चिया, स्कुस, आलु, अदुवा, अलैची , अकबरे अम्लिसो जस्ता नगदे बाली उत्पादन हुने गरेको छ । यो नगरपालिका दुध उत्पादन गर्ने अग्रणी क्षेत्र समेत हो । नगरले यस अघि नै पशुमा लाग्ने खोरेत रोग बिरुद्धको अभियान समेत संचालन गरीसकेको छ ।

TOP