प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा तिते करेलाको ब्राण्डिङ गरी बजारमा

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा तिते करेलाको ब्राण्डिङ गरी बजारमा

गोबिन्द पौडेल: 

गुन्द्रुक ,बेसार,चिया,मह,सिस्नो जस्ता कृषि उपजको उत्पादन र प्याकेजिङ गरेर बजारमा ल्याएको इलामको रोङ गाउँपालिकाले करेलाको सुकुटी पनि बजारमा ल्याएको छ ।बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग , ब्राण्डिङ्ग गरी रोङ गाउँपालिकाले बजारमा ल्याएको हो ।
यो बर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो । उहाले करेलाको अध्ययन अनुसन्धान अत्यन्तै सफल भएको बताउनु भयो ।बजार मूल्य कम हुदा एक सिजनमा ५० हजार केजी काचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण अन्तिम चरणमा छ। अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताउनु भयो ।
“ रोङ तिते करेला “ लाई त्यतिकै गुन्द्रुक संग मोलेर अचारको रुपमा खाना सकिन्छ, फ्राई गरेर खाना सकिन्छ। तातोपानीले ५÷१० मिनट भिजाए पुरानै स्वरुप तथा स्वाद आउनेछ र सधै झै विभिन्न तरिकाले पकाएर खाना सकिनेछ।रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह लगाव रहेको करेला खेती गर्दै आएका रोङ ३ प्युरेका लक्ष्मि लेप्चाले बताउनु भयो ।

TOP