जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको पाथीभरामा एक बर्षमा एक करोड ६६ लाख भेटी संकलन

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामको पाथीभरामा एक बर्षमा एक करोड ६६ लाख भेटी संकलन

फिक्कल: इलामको रोङ गाउँपालिकामा रहेको बहिनी पाथीभरा मन्दिरमा एक बर्षको अवधिमा एक करोड ६६ लाख रुपियाँ भेटी संकलन भएको छ । आर्थिक बर्ष २०८०/०८१ को साउन १ गते देखि असार ३१ गते सम्ममा दाताले चढाएको र सहयोग रकम गणना गर्दा एक करोड ६६ लाख रुपियाँ जम्मा भएको हो ।
रोङ गाउँपालिकाले कानुन निर्माण गरी मन्दिरलाई आफनो स्वामित्वमा ल्याएर ब्यवस्थित गरेपछि रकम जम्मा हुँनेक्रम बढेको पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिनु भयो । स्वदेश तथा बिदेशबाट मन्दिर दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी तथा बिभिन्न दाताले गरेको सहयोगबाट उक्त अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ रुपियाँ नगद र नौ लाख ९९ हजार ५ सय आठ रुपियाँ बराबरको जिन्सी संकलन भएको अध्यक्ष राईले जानकारी दिनु भयो । जिन्सी अन्र्तगत सुन, चाँदी पित्तल लगायतका धातु संकलन भएको छ ।
समितिका अनसरा साउन महिनामा चार लाख ४२ हजार पाँचसय नगद र २१ हजार बराबरको जिन्सी संकलन भएको थियो । भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी र कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ७५ हजार चार सय बराबरको जिन्सी सकलन भएको थियो ।
मङ्सिरमा १८ लाख ३२ हजार ५७ नगद र ८६ हजार आठ सय बराबरको जिन्सी, पुसमा १५ लाख ३७ हजार आठ सय ५४ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी र फागुनमा १४ लाख ५५ हजार एक सय ४४ नगद र एक लाख २२ हजार चार सय आठ बराबरको जिन्सी संकलन भएको थियो ।यसैगरी चैतमा १९ लाख ३६ हजार दुई सय ६६ नगद र एक लाख ६७ हजार बराबरको जिन्सी, वैशाखमा २० लाख २४ हजार चारसय ५७ नगद र दुई लाख बराबरको जिन्सी, जेठमा १० लाख ७३ हजार पाँचसय ३७ नगद र ६९ हजार पाँचसय बराबरको जिन्सी र असारमा छ लाख ६८ हजार १४ नगद र ५२ हजार बराबरको जिन्सी संकलन भएको थियो ।
मन्दिरमा आम्दानी बढे संगै गाउँपालिकाले साना तथा मझौता ब्यवसायीका लागि सटर निर्माण गरेको छ । पालिकाले सीढी बनाउने देखि मन्दिरको सजावटको काम गरीरहेको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले मन्दिरलाई पुनःनिर्माण गरी प्यागोडा शैलिमा निर्माण गर्ने जानकारी दिनु भयो । मन्दिरमा अहिले अनियमितता हुँन नदिन सीसी टिभी जडान गरीएको छ । नयाँ समितिले मन्दिरको आम्दानी अनलाईन मार्फत इन्ट्री गर्ने गरेको छ ।
पुरानो समसतले मन्दिरको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले छानविन गरेको थियो । छानविन गर्दा लाखौ रुपियाँ हिनामिना भएको पुष्टि भएको थियो । जिल्ला प्रशासनले छाविन गरी प्रतिवेदन सार्वजनिक गरे पनि रकम असुलउपर गर्न सकेको थिएन । उक्त बिषय अख्तियारमा मुद्दा परेपछि अख्तियारले हेर्ने भए पछि अलमलमा परेको थियो ।

TOP