जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको रोङमा बेसार खेती प्रवर्धन गरिदै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको रोङमा बेसार खेती प्रवर्धन गरिदै

पशुपतिनगर(इलाम): इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रबर्धन कार्यक्रम शुरु गरेको छ । किसानलाई बादर लगायतका जंगली जनावरले हैरान बनाए पछि बैकल्पिक खेतीका रुपमा गाउँपालिकाले बेसार खेती प्रवर्धन कार्यक्रम शुरु गरेको हो ।गाउँपालिकाले गत बर्ष स्थानीय इको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो । उक्त बेसार इको चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न बितरण गरेको थियो । उक्त बीउबाट चार हजार तीन सय ५० किलोग्राम बीउ उत्पादन भएको छ । किसानले उत्पादन गरेको बीउ ४० रुपियाँ प्रती किलोका दरले सहकारीले खरिद गरेको छ। सहकारीले किसानबाट खरीद गरेको बेसारको बीउ किसानलाई बितरण गर्ने योजना रहेको सहकारीले जनाको छ ।
गतबर्ष बीउ पाए पछि स्थानीय सान्त कुमारी लाप्चाले एक किलोग्राम बेसारको बीउबाट १६ किलोग्राम बेसार उत्पादन गर्न सफल बन्नु भएको थियो । उहाले बादर लगायत जंगली जनावरले अन्य खेती गर्न नदिएर उठीबास बनाएको बेला बेसारमा कुनै जंगली जनावरले क्षती नगर्ने भएका कारण बेसार खेती उपयोगि भएको बताउनु भयो । उहाले भन्नु भयो ‘थोरै रकम खर्च गर्दा धेरै आम्दानी गर्न सकिने यो अति सजिलो खेती हो।’
गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उधोग स्थापना गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले बेसार उत्पादनबाट आर्थिक बृद्धि हुँने ,रोजगार सृजनाहुँने, बेसारमा आत्मा निर्भर बन्न सकिने, आयत प्रतिस्थापन गर्न सकिने , निर्यात उन्मुख रहने र ग्रामिण अर्थतन्त्र चलायामान हुने बताउनु भयो ।पालिकाले आगामी दुइृ बर्ष भित्रमा प्रति बर्ष दुई लाख किलोग्राम बेसर उत्पादन गरी उद्योग संचालन गर्ने लक्ष्य लिएको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । पालिकाले कपुरबोट १ जातको बेसार गाउँमा बितरण गरेको छ ।
२०७८ सालमा बुटवल सोलार प्लान्टबाट उपलब्ध भएको दुई सय किलोग्राम बेसार अहिले तिब्र गतिमा बिस्तार भएको छ । ‘बेसार खेतीले आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बिश्वासका साथ खेती गराउन थालेका हौ। ’ अध्यक्ष स्याङबोले भन्नु भयो ।
पालिकाले बेसार खेती बढाएर आगामी बर्षबाट ‘रोङ बेसार’ ब्राण्डिङ गरी बजारमा ल्याउने भएको छ । पालिकले यस अघि गुन्द्रुकको ब्राण्डिङ गरी बजार ल्याउदै आएको छ । गोरखापत्र अनलाईन

 

TOP