जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

  • प्रकाशित मितिः September 19, 2026
  • हाम्रो पालिका
सूर्योदयमा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिकामा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । बैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले जनप्रतिनिधि , वडा सचिव सहित सरोकारवाला संग अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धी छलफल गरेको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका १४ वटै वडामा आप्रवासी कामदार संजालको पुर्नःगठन गरी सकिएको जानकारी गराइएको थियो । रेमीले बिदेशबाट फर्कीएकालाई समाज र परिवारमा पुर्न मिलनको काम समेत गर्दे आएको छ । नगरमा आप्रवासी बहुउद्देश्य सहकारी संस्था समेत संचालन गरी बिदेशबाट फर्कीएका नागरिकलाई समाजमा जोड्ने काम भैरहेको रेमी परियोजना संयोजक इश्वरी तामाङले जानकारी दिनु भयो ।
कार्यक्रममा नगरका रोजगार संयोजक बिष्णु रिजालले अर्धबार्षिक प्रगतिको समिक्षा प्रस्तुत गर्नु भएको थियो । उहाले बिभिन्न क्षेत्रमा रेमीले कार्यक्रम संचालन गरीरहेको जानकारी दिनु भयो । कार्यक्रममा रेमी परियोजनाका परिवार मिलन परामर्शकर्ता रश्मी राईले आगामी बजेट तथा कार्यक्रम बारे प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रम संयोजक इश्वरी तामाङले सहजीकरण गर्नु भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले रेमीले बिदेशबाट फर्कीएकालाई उत्पादनमा जोड्ने गरीका कार्यक्रम तय गर्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष देवेन्द्र शर्माले सफ्टवेयरमा धेरै कार्यक्रम देखिएकाले रेमीका कार्यक्रम सुधार गर्नु पर्ने बताउनु भयो । उहाले बिदेशबाट आएका नेपाली वडा नबस्ने गरेकाले वडामै उद्यम ब्यवसाय गरी टिक्न सक्ने गरीका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सूर्योदय नगर अध्यक्ष कृष्ण अधिकारीले यस्ता परियोजनाले बिदेशबाट फर्कीएकालाई मात्र नभई ब्यक्ति बिदेश रहदा परिवारका सदस्यलाई राहात पुग्ने कार्यक्रम तय गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष लोकबहादुर प्रधान, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, माईतीनेपाल पशुपतिनगरका संयोजक होम ढकाल , नगरका प्रवक्ता ख्याम भुजेल लगायतले आफनो धारणा राख्नु भएको थियो ।
रेमीले चालु आर्थिक बर्षमा सूर्योदयमा ४९ लाख बजेटको रहेकोमा ४९ प्रतिशत सम्पन्न गरेको छ । रेमीले यहि फागुन अन्तिम र चैत्रको पहिलो सातामा दुई वटा वडाका २५÷२५ जनालाई उद्यमशिलता, शिप बिकास , ब्यवसाय शुरु तथा प्रविधि सहयोग कार्यक्रम गर्ने संयोजक तामाङले जानकारी दिनु भयो । उक्त कार्यक्रमका लागि नगरपालिकाले परियोजना मार्फत ९ लाख ८० बजेटको ब्यवस्था गरेको छ । रेमीले आगामी बर्षका लागि सूर्योदयमा एक करोडको बजेट प्रस्ताव गरेको छ ।

TOP