खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाद्धारा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च सार्वजनिक

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाद्धारा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च सार्वजनिक

सीमानामा गार्ड बसेर सुरक्षित राख्यौः नगर प्रमुख राई

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले कोरोना भाईरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणमा भएको कार्य र खर्च सार्वजनिक गरेको छ ।
नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा २०७६ साल चैत्र १२ गते देखि असार मसान्त सम्म कोरोना भाईरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणमा गरिएको कार्य प्रगति र खर्च सार्वजनिक गरेको हो ।
बिश्वमा महामारीको रुपमा कोरोना फैलन थालेपछि नै सीमावर्ती क्षेत्र पशुपतिनगरमा निगरानी र सचेतनाका काम थालेको नगरपालिकाले जिल्लामै प्रभाभकारी रुपमा कोरोना नियन्त्रणको काम गरेको थियो । भारतीय सीमावर्ती नाका पशुपतिनगरबाट मानिसको बाक्लो आवातजावत भएका कारण बढी जोखीममा रहेको सूर्योदय नगरपालिकाले पशुपतिनगर, कर्फोक , कन्याम लगायतका पाँच स्थानमा सात सय बेडको क्वारेन्टाई निर्माण गरेको छ ।
उक्त क्वारेन्टाईन निर्माण देखि क्वारेन्टाईन ब्यवस्थापन, नेपालका बिभिन्न स्थान, भारत र अन्य देशबाट आएका ब्यक्तिको उद्दारमा नगरपालिकाले गरेको खर्च सार्वजनिक जिल्लामै पहिलो पटक सूर्योदय नगरपालिकाले गरेको छ ।
नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोष मार्फत असार मसान्त सम्ममा क्वारेन्टाईन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत बितरण , क्वारेन्टाईनमा बस्नेलाई खाना खर्च , यातायात खर्च गरी ७५ लाख ६६ हजार ७ सय ८ रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय सरकार , प्रदेश सरकार , जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी , र बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपियाँ जम्मा भएको थियो । असार मसान्त सम्ममा १० लाख पाँच हजार ९८ रुपियाँ कोषमा बचत रहेको नगरपालिकाका आन्तरिक लेखा अधिकृत प्रदिप चापाँगाईले जानकारी दिनु भयो ।
शुरुमै सीमानाका पशुपतिनगरमा हेल्थ डेक्स स्थापना गरेर कोरोना नियन्त्रणमा लागेको नगरपालिकाले उक्त अवधिमा ३ सय ६६ जनाको आरडीटी र ९ सय ५६ जनाको पीसीआर टेष्ट गरेको नगरपालिकाका कोरोना फोकल पर्सन बिपुल अधिकारीले जानकारी दिनु भयो । परीक्षण गरिएका मध्ये १५ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त अवधिमा नगरले निर्माण गरेका क्वारेन्टाईनमा ६ सय ८२ जना बसेको फोकल पर्सन अधिकारीले जानकारी दिनु भयो । फोकल पर्सन अधिकारी भन्नु भर्यो बिल्कुल नयाँ रोग भएकाले शुरुमा काम गर्न निक्कै कठिन थियो, सीमाना पारी पनि जन सम्पर्क बढाएर अहिले काम गर्न सहज छ ।’
भारतमा काम गरी पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरेका दोलखा लगायतका जिल्लाका ५५ जनालाई नगरले बसको ब्यवस्था गरी पु¥याउने काम गरेको थियो ।
आम्दानी खर्च सार्वजनिक कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पूर्वको ढोकाको रुपमा रहेको पशुपतिनगरमा राम्रो ब्यवस्थापन गरेका कारण इलाम सहितका जिल्लालाई सुरक्षित राख्न सफल भएको बताउनु भयो ।
नगर प्रमुख राईले कोरोनाको महामारीका बिच पनि नगरका नियमित काम र बिकास निर्माणका काम अगाडी बढाईएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘नाकामा सुरक्षा गार्ड भएर बसेर भए पनि धेरै क्षेत्र सुरक्षित राख्न सकियो ।’ नगर प्रमुख राईले संघ , प्रदेश र स्थानीय सरकार बिचको समन्वयका कारण पनि कोरोना नियन्त्रणमा सफलता मिलेको बताउनु भयो ।
चियाको राजधानी मानिएको नगर क्षेत्रमा कोरोनाकै महामारीका बिच पनि मापदण्ड बनाएर चिया टिप्ने र उद्योग संचालनको काम भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गरेर उत्कृष्ठ काम गरेको बताउदै अन्य पालिकाले पनि सिको गर्नु पर्ने बताउनु भयो ।
जिसस प्रमुख बरालले भन्नु भयो ‘ कोरोनाकै बिचमा पनि अव सुरक्षा अपनाएर बिकास काम थाल्नु पर्छ ।’ उक्त कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा कोरोना रोकथाम तथा नियन्त्रण समितिका प्रवक्ता पेमा उगेन लामाले कोरोना नियन्त्रण तथा रोकथामका काममा नगरपालिकालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि कोरोना रोकथामका क्षेत्रमा सहकार्य गरेर काम गर्न आग्रह गर्नु भयो ।
यस्तै नेपाली काग्रेसका प्रतिनिधि मिलन क्षेत्रीले सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै उद्योग , ब्यवसाय र बिद्यालय संचालनको वातावरण बनाउन आग्रह गर्नु भयो ।
सूर्योदय नगरपालिकामा कोरोना कोरोना रोकथाम तथा नियन्त्रणमा भएका गतिविधि र खर्चको बिवराण अव साप्ताहिक रुपमा सार्वजनिक गरीने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा वडाध्यक्ष, बिभिन्न संघ संस्थाका प्रतिनिधि , संचारकर्मी लगायतको सहभागीत रहेको थियो ।

TOP