खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

सहारा नेपालका शेयर सदस्याका लागि फिक्कलमा अभिमुखीकरण सम्पन्न

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
सहारा नेपालका शेयर सदस्याका लागि फिक्कलमा अभिमुखीकरण सम्पन्न

फिक्कल : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था फिक्कल सेवा केन्द्र अन्तरगतका शेयर सदस्यका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फिक्कलमा आयोजना गरीएको कार्यक्रममा फिक्कल सेवा केन्द्र अन्र्तगतका शेयर सदस्यलाई संस्थाका सेवा सुविधा सहितका जानकारी गराउदै अभिमुखीकरण सम्पन्न भएको हो ।
फिक्कल सेवा केन्द्र संचालन उपसमिति संयोजक देवी प्रसाद आचार्यको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ४० हाराहारी शेयर सदस्यको सहभागीता रहेको थियो । उप समिति सदस्य देउकुमारी कट्टेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले संस्थाको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो । उहाले सहाराले ऋण र बचतको काम मात्र नगरी बिभिन्न सामाजिक उत्तरदायित्वका काम समेत गर्दै आएको जानकारी दिनु भयो ।
अभिमुखीकरण कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधा, स्वास्थ्य उपचार भावि योजनाका बिषयमा इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्य र फिक्क्ल सेवा केन्द्रका फिल्ड म्यानेजर संजय राजबंशीले संस्थाका बिभिन्न प्रकारका बचतका बिषयमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन कर्मचारी प्रेम राईले गर्नु भएको थियो ।
उक्त अवसरमा दुई जना संस्थाका सदस्यलाई कर्जा सुरक्षा अन्तरगत ऋण मिनाहा गरिएको छ । सूर्योदय १३ का लघुबित्त सदस्य कर्णमाया राईको मृत्यु भए पछि उहाका श्रीमान बल बहादुर राईलाई कर्जा मिनाहा बापतको १ लाख ५० हजार रुपैयाँ मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको थियो । यस्तै सूनपा १ का मन बहादुर मुखियाको मृत्यु भए पछि उहाकी श्रीमती कमला मुखीयालाई १ लाख ५ हजार हजार ऋण मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार तथा सहारा नेपालका शेयर सदस्य केदार शर्माले सहकारीले धेरै सुविधा सदस्यलाई दिएको बताउनु भयो । उहाले एउटा ऋणिले खराब काम गर्दा अर्को सदस्य डुब्ने भएकाले सबैले सहकारीको सिद्धान्त बुझन जरुरी रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘देशमा भनीए जस्तो समाजवादको सिद्धान्त लागु गर्ने भनेको सहकारीले मात्र हो ।’कार्यक्रममा शेयर सदस्यले बिभिन्न जिज्ञासा राख्नु भएको थियो।
२ हजार ५ जना सदस्य रहेको फिक्कल सेवा केन्द्रले १४ करोड ऋण लगानी गरेको छ भने १४ करोड नै बचत गरेको छ । सेवा केन्द्रले समुदायमा बिभिन्न प्रकारका तालिम तथा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

TOP