प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सहारा नेपालका शेयर सदस्याका लागि फिक्कलमा अभिमुखीकरण सम्पन्न

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सहारा नेपालका शेयर सदस्याका लागि फिक्कलमा अभिमुखीकरण सम्पन्न

फिक्कल : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था फिक्कल सेवा केन्द्र अन्तरगतका शेयर सदस्यका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फिक्कलमा आयोजना गरीएको कार्यक्रममा फिक्कल सेवा केन्द्र अन्र्तगतका शेयर सदस्यलाई संस्थाका सेवा सुविधा सहितका जानकारी गराउदै अभिमुखीकरण सम्पन्न भएको हो ।
फिक्कल सेवा केन्द्र संचालन उपसमिति संयोजक देवी प्रसाद आचार्यको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ४० हाराहारी शेयर सदस्यको सहभागीता रहेको थियो । उप समिति सदस्य देउकुमारी कट्टेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले संस्थाको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो । उहाले सहाराले ऋण र बचतको काम मात्र नगरी बिभिन्न सामाजिक उत्तरदायित्वका काम समेत गर्दै आएको जानकारी दिनु भयो ।
अभिमुखीकरण कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधा, स्वास्थ्य उपचार भावि योजनाका बिषयमा इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्य र फिक्क्ल सेवा केन्द्रका फिल्ड म्यानेजर संजय राजबंशीले संस्थाका बिभिन्न प्रकारका बचतका बिषयमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन कर्मचारी प्रेम राईले गर्नु भएको थियो ।
उक्त अवसरमा दुई जना संस्थाका सदस्यलाई कर्जा सुरक्षा अन्तरगत ऋण मिनाहा गरिएको छ । सूर्योदय १३ का लघुबित्त सदस्य कर्णमाया राईको मृत्यु भए पछि उहाका श्रीमान बल बहादुर राईलाई कर्जा मिनाहा बापतको १ लाख ५० हजार रुपैयाँ मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको थियो । यस्तै सूनपा १ का मन बहादुर मुखियाको मृत्यु भए पछि उहाकी श्रीमती कमला मुखीयालाई १ लाख ५ हजार हजार ऋण मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार तथा सहारा नेपालका शेयर सदस्य केदार शर्माले सहकारीले धेरै सुविधा सदस्यलाई दिएको बताउनु भयो । उहाले एउटा ऋणिले खराब काम गर्दा अर्को सदस्य डुब्ने भएकाले सबैले सहकारीको सिद्धान्त बुझन जरुरी रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘देशमा भनीए जस्तो समाजवादको सिद्धान्त लागु गर्ने भनेको सहकारीले मात्र हो ।’कार्यक्रममा शेयर सदस्यले बिभिन्न जिज्ञासा राख्नु भएको थियो।
२ हजार ५ जना सदस्य रहेको फिक्कल सेवा केन्द्रले १४ करोड ऋण लगानी गरेको छ भने १४ करोड नै बचत गरेको छ । सेवा केन्द्रले समुदायमा बिभिन्न प्रकारका तालिम तथा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

TOP