प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय इलाम देशभरीमा चौंथो

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय इलाम देशभरीमा चौंथो

फिक्क्ल : नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्येमा चौंथो भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्य सम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गदौ बिभिन्न सूचकको आधारमा इलाम चौंथो भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल इलाम आउनु भएको छोटो समयमै जिल्ला प्रशासन कार्यालयका सेवा प्रवाहमा ब्यापक सुधार आएको थियो । प्रजिअ पोख्रेल इलाम आए पछि प्रशासनमा नागरिकले बिना झन्झट सहज रुपमा सेवा मात्र प्राप्त गरिरहेका छैनन तल्लो स्तरका नागरिकका समस्या समेत उजागर हुँन थालेका छन । नागरिकका बिभिन्न समस्यामा प्रजिअ पोख्रेलले आफै सहजीकरण गरीरहनु भएको छ । प्रजिअ पोख्रेलले नागरिकलाई दिईने सेवामा ब्यापक सुधार आउनुका साथै जिल्लाका हरेक बिषयमा सहजीकरण गरीरहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘काम गर्ने इच्छा शक्ति भयो र टिम स्प्रीट मिल्यो भने जुन सुकै कार्यालयमा नागरिकले दुख पाउनै पर्दैन ।’
प्रमुख जिल्ला अधिकारी पोख्रेल २०७९ माघ १५ गते इलाम आए पछि कार्याललाई बिचौलिया रहित सेवा प्रवाहको ग्यारेन्टी , बिद्युतीय फारम कार्यालयले नै निशुल्क भरिदिने ,एकै दिनमा सेवाको ग्यारेन्टि, तयारी राहदानी र राष्ट्रि««परिचय पत्र कार्ड जुनसुकै दिन बितरण हुने ब्यबस्थाको सुरु भएको थियो । उहाले बिदाको दिन पनि सेवा प्रवाह गराउनु भएको थियो । पोख्रेलले नागरिकता , राष्ट्रिय परिचय पत्र र राहदानिको ३ वटै सेवा एकै दिनमा दिने सेवाको सुरुवात समेत गराउनु भएको छ । कार्यालयमा दुइ शिफ्टमा सेवाको संचालन हुने ब्यबस्था समेत मिलाईएको छ । जिल्ला प्रशासनमा सेवाग्राही रहे सम्म कहिलै ५.०० नबज्ने ब्यवस्था समेत गरीएको छ । उहाले इलाका प्रशासन र सिमा प्रशासनलाई सवै अधिकार प्रत्यायोजन गरी सेवाका लागि सदरमुकाम धाउनु नपर्ने बनाउनु भएको छ ।
इलाम कारागारमा बन्दिको सहकारी पसल संचालनको नौलो अभ्यास समेत प्रजिअ पोख्रेलले गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार र प्रशासन बिच लिखित रुपमा सहभागीता मोडलको सफल अभ्यास गरेको छ । प्रजिअ पोख्रेलले बजार अनुगमनलाई तिब्रता दिनु भयो । बजारमा संचालित मेडीकल र रासायनीक मल बिक्रीबितरणको अनुगमन गरी मापदण्ड बिपरीत काम गर्नेलाई जरिवाना र कारवाही गरेको थियो ।
उहाकै कार्यकालमा रोङ गाउँपालिकामा रहेको सानो पाथिभराको बिवादको दिगो समाधान गर्न कानूनी प्रकृया अघि बढाईएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले सूचना प्रवाहलाई समेत सहज बनाएको छ । सार्वजनिक महत्वका हरेक बिषयजिल्ला प्रशासनको आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गर्ने गरीएको छ । गत बर्ष जिल्ला प्रशासन कार्यालय देशभरमा ३७ औं स्थानमा थियो । जिल्लाका नागरिकले समेत जिल्ला प्रशासन कार्यालय इलाम सेवा प्रवाहका हिसावले नमुना बनेको अनुभूती गर्न थालेको बताउदै आएका छन् ।

TOP