वैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्ति सँग सम्बन्धित परियोजनाबारे अन्तरक्रिया – Hamropalika
पर्यटन सूर्योदयमा बिज्ञान र ग्रणित प्रदर्शनी सम्पन्न, दुबै बिधामा फिक्कल मा.बि.पहिलो प्रदेश १ जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ
Hamropalika menu advertisement

वैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्ति सँग सम्बन्धित परियोजनाबारे अन्तरक्रिया

  • प्रकाशित मितिः December 2, 2023
  • hamro_palika

सूर्योदय :   वैदेशीक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण परियोजना सम्बन्धि कार्यशाला गोष्ठि सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ ।
नगर प्रमुख रणबहादूर राईको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाको सामाजिक एकिकरण विज्ञ सपना थापाले परियोजनाको गर्ने काम र कार्यक्षेत्रका बारेमा जानकारी गराइएकी थिइन् । खाडि मुलुक र मलेसियाबाट फर्किएका युवा युवतीहरुसँग सम्बन्धित परियोजना सुर्योदय नगरपालिका सहित कोशी प्रदेशका १० स्थानीय तहमा संचालित रहेको बताइन् ।
परियोजना कार्यान्वयमा हेल्वेटास नेपाल, सि एम सि नेपाल र डिप्रोस नेपाल संस्थाको प्रत्यक्ष संलग्नता रहेको छ । परियोजनाको वैदेशीक रोजगारबाट फर्किएका युवा युवतीहरुको आर्थिक र सामाजिक एकिकरण गराउने मुख्य योजना हो ।
कार्यशालामा सिम एम सि नेपालकी स्मृती घिमिरेले परियोजना अन्तरगत गर्ने कामका बारेमा जानकारी गराएकी थिइन् । वैदेशीक रोजगारबाट फर्किएका युवा युवतीहरुलाई मनो–सामाजिक सेवा परियोजनाबाट प्रदान गर्दै आएको उनले बताइन् । परियोजनाको आर्थिक क्षेत्रमा काम गर्दै आएको डिप्रोस नेपाल अस्मि दवाडीले संस्थाले गर्ने कामका बारेमा प्रष्ट पारेकी थिइन् । सूर्योदय नगरपालिकामा संचालित परियोजना वडा नम्बर ४ र १४ छनौट भई काम हुँदै आएको छ ।
समाजिक र आर्थिक क्षेत्रमा काम गर्ने परियोजना प्रभावकारी रुपमा कार्यान्वय गर्न आवश्यक सहयोग गर्न सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिना, सूर्योदय टि एशोसिएसनका सचिव गोपाल कट्टेल लगायतले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गाकुमार बराल, नगर प्रमुख रण बहादूर राई लगायतले मन्तव्य राखेका थिए ।

TOP