जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक

इलाम : कृषि ज्ञान केन्द्र इलामको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनीक गरिएको छ । जिल्ला समन्वय प्रमुख जयप्रकाश राईको अध्यक्षता र प्रदेशसभा सदस्य गोविन्द गिरिको प्रमुख आथित्यतामा बार्षिक स्वीकृत कार्यक्रम सार्वजनीक गरिएको हो ।
कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम केन्द्रका प्रमुख टोनी बर्देवाले प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको सार्वजनीक कार्यक्रमको बजेट ४ करोड २६ लाखको रहेको छ । प्रदेश सरकार अन्तरगत ४ करोड ११ लाख र संघीय सरकार अन्तरगत १५ लाख बराबरको कार्यक्रमहरु कार्यान्वयन हुनेछन् ।
सार्वजनीक प्रदेश कृषि विकास कार्यक्रम तर्फ जिल्ला समन्वय समितिको समन्वयमा स्थानिय तहका प्रमुख उप– प्रमुख तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम, २ वटा पुष्प खेतिका लागी नर्सरी स्थापना, १० वटा व्यावसायिक फलफूल बगैंचा स्थापना सहयोग, ४ हेक्टर कफि खेती विस्तार, ३ वटा सुन्तलाजात बगैंचा व्यवस्थापन एवम् सुदृढिकरण कार्यक्रम, उन्नत कृषि प्रविधि सम्बद्ध साना प्रदर्शन सामग्री वितरण कार्यक्रमहरु चाुल आर्थिक वर्षमा कार्यान्वयन हुनेछन् ।
३ वटा जैविक विषादी उत्पादन प्रर्वद्धन कार्यक्रम, महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम, युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रम, प्याज तथा लसुन उत्पादन कार्यक्रम, चियाको गुणस्तरीय हरियो पत्ति उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमहरु रहेका छन् ।
यस्तै आ पि एम सहजकर्तासंग जिल्ला स्तर अन्तरकृया कार्यक्रम, चिया उत्पादनमा आधारीत अनुदान सम्वन्धि प्रचार प्रसार गोष्ठी, आलु भण्डारणको लागी रष्टिक स्टोर भण्डार निर्माण निजी,सहकारी, सरकारी साझेदारीमा, कृषि बजार तथा संकलन केन्द्र निर्माण गर्ने कार्यक्रमहरु कार्यान्वय हुनेछन् ।
ज्ञान केन्द्रले सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरणमा सहयोग, किवी भण्डारणका लागि कुल वोट खरिद तथा जडानमा सहयोग, स्थलगत घुम्ती कृषक तालिम, अदुवा उत्पादन प्रवर्द्धन कार्यक्रम, विभिन्न स्थानहरुमा प्लान्ट ल्किनिक संचालन, आकस्मिक प्रकोपमा सहयोग, मुख्य मुख्यवालीहरुको क्रप कटिङ्ग, कृषि सम्बद्ध विभिन्न दिवसहरु मनाउने कार्यक्रमहरु संचालन चालु आर्थिक वर्षमा हुनेछन् ।
ज्ञान केन्द्रले मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रम, चिया उत्पादनमा आधारीत अनुदान सम्वन्धि प्रचार प्रसार गोष्ठी, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, स्थलगत माटो परिक्षण शिविर संचालन गर्नेछ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रले बीउ आलुको डढुवा रोग व्यवस्थापन, फार्मका लागि कम्पोष्ट मल खरीद, वेसिक १ आलु उत्पादन, वेसिक २ आलु उत्पादन, वीउ आलु उत्पादन प्रर्दशन र प्रि वेसिक वीउ आलु खरीद कार्यक्रम संचाल नहुने प्रमुख टोनी बर्देवाले बताए ।ज्ञान केन्द्रले संघिय कृषि विकास कार्यक्रम तर्फ कृषिमा नँया ब्लक विकासकार्यक्रमका लागि आलु ब्लक कार्यक्रम संचालन हुनेछ ।

TOP