इलाम नगरपालिकाको छैटौं नगरसभा सम्पन्न – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

इलाम नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

इलाम : इलाम नगरपालिका इलामको छैटौ नगरसभा सम्पन्न पश्चात इलाम नगरपालिकाको आव। ०७६/७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको छ ।नगरसभाको पहिलो दिन कर्मचारी ब्यवस्थापन सम्बन्धी ऐन २०७४ संसोधनका लागि प्रस्ताव, नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ को प्रस्तुती र सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन तथा सञ्चालन ऐन २०७४ संसोधनका लागि प्रस्तावहरु सर्बसम्मतबाट स्वीकृत भएको छ ।
पहिलो दिनको नगरसभामा इलाम नगरपालिकामा शिक्षाको गुणस्तर सुधारको लागि नगरसभाका सदस्य श्यामकमल मुखियाले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथी छलफल भएको छ । सो प्रतिवेदनमा नगर सभाका सदस्यहरु डाकप्रसाद दुलाल, सञ्जिब राई, गृष्म सुब्बा, भानु घिमिरे र टंकबहादुर खत्रीले आप्mना धारणाहरु राख्नुभएको थियो । प्रतिवेदन माथीको छलफल पश्चात सर्बसम्मतिले सो प्रतिवेदन स्वीकृत भएको छ । यस्तै नगरसभाका सदस्य तथा इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्बाङ्गले प्रस्तुत गर्नुभएको विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन २०७६ लाई सर्बसम्मत रुपमा नगरसभाबाट पारित गरिएको छ । यसरी संसोधन पश्चात इलाम नगरपालिकाको आव। ०७६÷७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको छ ।
नगरसभाकै शुन्य समयमा नगरसभाका सदस्यद्वय सरिता दियाली र शुसीला बिश्वकर्माले आप्mना भनाइहरु राख्नुभएको थियो । शुन्य समयमा उठेका जिज्ञासाहरुलाई नगरसभाका अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रष्ट पार्नुभएको थियो । छैटौ नगरसभाबाटै अर्थ तथा सार्वजनिक लेखा समिति, विद्यायन समिति, सामाजिक विकास समिति, सुसासन समिति र कृषि, पर्यटन तथा प्राकृतिक श्रोत समिति गरी ५ वटा विषयगत समितिहरु बनाइएको छ ।
यसैगरी छैटौ नगरसभाबाट ३४ वटा बुँदामा रहेको बिशेष प्रस्तावहरु पास गरेको छ ।

छैटौ नगर सभाका विशेष प्रस्तावहरू:

९१० इलाम नगरपालिका ऐतिहासिक महत्वको हिसावले २०० वर्ष भन्दा पहिले स्थापना भएको साविक मेची अञ्चलको सदरमुकाम साथै इलाम जिल्लाको सदरमुकामको हैसियतमा रहेको महत्वपूर्ण सहर रहेको र इलाम नगरपालिका वि।सं। २०१५ सालमा स्थापना भई मुलुकमा स्थापना भएको पुरानो नगरपालिका मध्येको एउटा नगरपालिका हो । यो नगरपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक साथै कृषि तथा अन्य उद्योग व्यवसायको दृष्टिकोणले मुलुक र विदेशमा समेत परिचित हरितनगरको रुपमा सबैको आकर्षणको केन्द्र रहेको छ । यो वास्तविकतालाई नियाल्दा इलाम नगरपालिकाको समुद्धिको आधारमध्ये पर्यटन नै सबैभन्दा महत्वपूर्ण आधार रहेको तथ्यलाई महसुस गरी इलाम नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै यस अनुरुपका कार्यहरुलाई सम्बोधन गरी सहयोग गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
९२० बाँदर, बँदेल, मृग, दुम्सी लगायत बन्यजन्तु र मानवको द्वन्द्वलाई व्यवस्थापन र बाँदरलाई व्यवस्थापन गर्न प्रचलित ऐन संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने साथै मानव र बन्यजीवजन्तु बीचको सो द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमार्पmत नै कार्यक्रम कार्यान्वयन गर्दा प्रभावकारी हुने देखिएकोले सामुदायिक वन उपभोक्ता समूहहरुले स्थानीय जातको फलपूmल, केरा, बयर र कन्दमूल १० प्रतिशत अनिवार्य लगाउने, रैथाने बोटविरुवालाई प्राथमिकता दिने साथै महिनामा कम्तीमा एक पटक अनिवार्य रुपमा कृषि तथा भेटनरी प्राविधिकसहितको कृषक चौतारीको व्यवस्थापन मिलाउन सामुदायिक वन उपभोक्ता समूहलाई अनुरोध गर्ने निर्णय गरियो ।
९३० जलाशययुक्त विद्युत उत्पादन सम्बन्धमा माइजोगमाईको दोभानदेखि दोलखा हाइड्रोको इन्टेकको मास्तिर रहेको साँगुरो जग्गामा जलाशय हुने गरी बहुद्देश्यीय बाँध बाँधी विद्युत उत्पादनको लागि इलाम नगरपालिकाले प्रक्रिया अगाडि बढाई नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
९४० पर्यटन प्रवद्र्धनको लागि इलाम बजारलाई केन्द्र मानेर आसपासका क्षेत्रहरुमा पर्यटकीय आकर्षण विकास गर्ने, प्याकेज तयार गरी सरोकारवाला व्यक्ति, संघसंस्थामार्पmत बजारीकरण गर्ने र उल्लिखित कार्यमा सहयोगको लागि मेची पहाडी क्षेत्र पर्यटन विकास समितिलाई अनुरोध गर्ने निर्णय गरियो ।
९५० स्थानीय उपजको बजारीकरण, स्थानीय रोजगार सिर्जना, स्थानीय उद्योग उद्यमहरुको उपयुक्त व्यवस्थापन जस्ता कार्यको लागि नगरपालिकास्तरीय उद्योग ग्राम स्थापना र सञ्चालन गर्ने निर्णय गरियो ।
९६० कृषि पेशालाई व्यवसायीकरण गर्नका लागि नगरपालिका भित्र रहेका खेतीयोग्य जमिनको पहिचान गरी उक्त ठाउँमा उचित सिंचाईको व्यवस्थापन गर्ने निर्णय गरियो ।
९७० नगरस्तरीय पाठ्यक्रम बारे नैतिक शिक्षा, फोहर व्यवस्थापन, पर्यटन ट्राफिक नियम लगायत पाठ्यक्रम थप गर्नु पर्ने निर्णय गरियो ।
९८० इलाम बजारको ट्राफिक अस्तव्यस्त भएकोले ट्राफिकसम्बन्धी जनचेतना र ट्राफिक चिन्हहरु राख्नका लागि कार्यक्रम तयार गर्ने र ट्राफिक व्यवस्थापन सम्बन्धमा नगरपालिकाबाट तयार गरिएको कार्ययोजना लागू गर्नका लागि सरोकारवाला निकायहरुमा अनुरोध गर्ने निर्णय गरियो ।
९९० इलाम सदरमुकामलाई अन्य पालिकाहरुसँग सडक सञ्जालबाट जोड्ने सडकहरु ९जस्तै ः इलाम बेलासे झापा, इलामबजार माइपोखरी सन्दकपुर सडक, रत्नचोक इन्टेक साङ्गरुम्वा मंगलबारे सडक, सुम्बेक रिब्स सडक, सिंगफ्रिङ्ग नयाबजार सडक, बेनीनगर बज्रदेवी नयाँबजार सडक लगायतका सडकहरु० स्तरोन्नति÷कालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग माग गर्ने निर्णय गरियो ।
९१०० वन वातावरणमा जलवायु परिवर्तनको असर र प्रभाव बारे व्यापक रुपमा जनचेतना र जलवायु परिवर्तन अनुकुलनको लागि कार्यक्रम बनाई कार्यान्वयन गर्ने निर्णय गरियो ।
९११०महिला उद्यमी÷व्यवसायीहरुको लागि सरल र सस्तो व्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउन नगरपालिकाबाट विशेष पहल गर्ने निर्णय गरियो ।
९१२० इलाम नगरपालिका वार्ड नं। ७ स्थित नेपाली सेनाको स्वामित्वमा रहेको ठूलो टुँडिखेलमा विगतदेखि विभिन्न सार्वजनिक सभा समारोह तथा खेलकूद विकास कार्यक्रम आयोजना हुँदै आएको र सोे टुँडिखेल नेपाली सेनाको गढीथुम्का ब्यारेकदेखि टाढा रहेको तथा बजार क्षेत्रसँग जोडिएकोले सो ठूलो टुँडिखेलको सटृामा गढीथुम्का ब्यारेकलाई सहज हुने जग्गा उपलब्ध गराउने गरी उक्त ठूलो टुँडिखेल इलाम नगरपालिकालाई हस्तान्तरण गरी दिनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
९१३० इलाम नगरपालिकाको केन्द्रको रुपमा रहेको इलाम बजारलाई तराई र मुल राजमार्ग छोटो दुरीको मार्गबाट जोडी यसको आर्थिक क्रियाकलापलाई कमजोर बन्न नदिई थप विकासमा अगाडि बढाउन आवश्यक भएकोले बिर्तामोड दानाबारी चिसापानी सोयाक बेलासे हुँदै इलाम ९ भन्ज्याङ्गसम्म र चिसापानीदेखि माईखोलासम्मको छोटो दुरीको राजमार्ग निर्माण गर्न नेपाल सरकार तथा १ नं। प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
९१४०इलाम सदरमुकाममा रहेको इलाम अस्पताललाई ५० शैयाको अस्पताल सरकारले घोषणा गरेपनि यस बमोजिमको सेवा अस्पतालले पु¥याउन सकिरहेको छैन । अस्पतालमा विगत २ वर्षदेखि आठ वटा विशेषज्ञ सेवासहित १६ जना डाक्टरको दरबन्दी स्वीकृत भए पनि कुनै विशेषज्ञ सेवा संचालन हुन नसकेको कारण इलामका आम नागरिक स्वास्थ्य सेवाको लागि जिल्ला बाहिर जान बाध्य बनिरहेका यो परिस्थितिको महसुस गरी इलाम अस्पताललाई सरकारले निर्णय गरे बमोजिमको हैसियतमा अस्पताल संचालन गरिदिन र इलाम अस्पताललाई २०० शैयाको अस्पतालमा रुपान्तरणका लागि योजना कार्यान्वयन गरि दिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
९१५०इलाम सदरमुकाममा रहेको चिया बगान वि।सं। १९२० सालमा स्थापना गरेको नेपालको सबै भन्दा पुरानो चिया बगान हो भने यहाँको कारखाना वि।सं। १९३५ सालमा स्थापना भएकोे मुलुकको दोस्रो पुरानो कारखाना हो । तर आज यी ऐतिहासिक तथा पुरातात्विक बगान र चिया कारखाना उजाड र खण्डहर बनेको छ । नेपाल सरकारले निजीकरण गर्ने सन्दर्भमा यी ऐतिहासिक र पुरातात्विक सम्पदा निजी कम्पनीलाई लिजमा दिएको छ । निजी कम्पनीले इलामको चिया कारखानाका पुरातात्विक महत्वका मेसिन उपकरण अन्यत्र लगी कारखाना भवनलाई खण्डहर बनाएको छ भने चिया बगान उचित संरक्षण र सम्भार नगरी चिया बगान नभई उन्युघारी बनाएको छ । यो कार्यले इलामको इतिहास गुम्दैछ भने इलामले आप्mनो सौन्दर्य र पहिचान गुमाई कुरुप बनिरहेको छ । यो कार्यले इलामको नागरिकको सम्मानमा ठेस पुगेको र आप्mनो गौरव र इतिहास नासिएको यो नगरसभा महसुस गर्दछ । अतः यो ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ र यी सम्पदालाई चिया संग्रहालय र बगानलाई अध्ययन अन्वेषणको केन्द्र बनाई संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने साथै ऐतिहासिक इलाम चिया बगानको संरक्षण तथा सम्वद्र्धनका लागि चिया बगानको जग्गा नगरपालिकालाई हस्तान्तरण गरि दिन समेत अनुरोध गर्ने निर्णय गरियो ।
९१६० इलाम नगरपालिका वार्ड नं। ९ र १२ को पुवाखोला रातेबगरमा पक्की पुल निर्माणका लागि सर्भेक्षण भइसकेको हुनाले पुल निर्माणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
९१७०इलाम नगरपालिका वडा नं। १ साखेजुङ्गमा सञ्चालनमा आएको सि।टि।इ।भि।टि।अन्तर्गतको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा भेटेरेनरी साइन्सको कक्षा सञ्चालन भइरहेकोमा सो इन्स्टिच्युटमा नर्सिङ्ग, एच।ए।, वन विज्ञान र इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनका लागी सम्बन्धित निकायमा माग गर्ने निर्णय गरियो ।
९१८०खेलकुद क्षेत्रको सम्भावनालाई उजागर गर्दै खेलकुदको विकास गर्न इलाम नगरपालिका वडा नं १० राजदुवालीमा प्रस्ताव गरिएको माई भगवती रंगशाला निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
९१९०इलाम नगरपालिका वडा नं। ७ मा सञ्चालित महेन्द्र रत्न बहुमुखी क्याम्पसलाई फूल तथा वागवानी विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्न तथा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा डिम विश्वविद्यालय बनाउन १ नं। प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
९२००नगरका कृषि सहकारी संस्थाहरुले आप्mना सदस्य तथा उपभोक्ताहरुका लागि महिनामा कम्तीमा एक पटक कृषि÷भेटनरी प्राविधिकसहितको कृषक चौतारी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित सहकारी संस्थाहरुमा अनुरोध गर्ने निर्णय गरियो ।
९२१०नेपाल सरकारले पूर्वी पहाडको पाँचथर र इलाम मध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका लागि अध्ययन गरिसकेको र मेडिकल कलेज स्थापनाका लागि संभावित जग्गा तथा पूर्वाधार पहिचान गरिसकेकोे हुँदा सो मेडिकल कलेज इलाम नगरमा स्थापनाका लागि नेपाल सरकार, शिक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
९२२०इलाम जिल्ला गाई लगायत पशुपन्छी पालनका लागि महत्वपूर्ण जिल्ला भएको र यस क्षेत्रका पशुपालकहरुका लागि पशु सेवा सुविधा दैनिक रुपमा आवश्यक पर्ने वास्तविकतालाई मनन गरी इलाम नगरपालिका क्षेत्रमा भेटनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरी सञ्चालन गर्नु पर्नेमा सो केन्द्र झापाको भद्रपुरमा सचालन भएको कारण यस क्षेत्रका पशुपालक कृषकहरुका पशुहरुलाई समयमै उपचार सुविधा दिन समस्या भएको हुनाले इलाम नगर क्षेत्रमा भेटनरी अस्पताल स्थापना तथा सञ्चालनका लागि १ नं। प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९२३० नेपालको संविधान बमोजिम ३ तहको सरकार गठन भई क्रियाशील रहेको र ३ तहको सरकारको काम कर्तव्य संविधानमा स्पष्ट हुँदाहुँदै पनि संघ र प्रदेशबाट सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्पmत सम्पादन हुनु पर्नेमा संघ प्रदेशबाटै हुने गरेको पाइएकोले सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्पmत सम्पादन गर्ने गराउने व्यवस्था मिलाउन नेपाल सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९२४०नेपालको संविधानको अनुसूची ८ बमोजिम आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारको सूचीमा परेको भए पनि नेपाल सरकारको वर्तमान नीतिका कारण सो अधिकार निर्वाध रुपमा प्रयोग गर्न विभिन्न बाधा अड्चन र कठिनाईहरुको सामना गर्नु परिरहेको हुँदा संविधानबाट प्रदत्त अधिकारको निर्वाध प्रयोग गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९२५०स्थानीय तथ्याङ्क र अभिलेखलाई व्यवस्थित गर्दै लैजानका लागि नगर क्षेत्रमा भएका घरहरुको यथार्थ तथ्याङ्क राख्नु आवश्यक भएको हुनाले सो तथ्याङ्क संकलन गरी अभिलेख व्यवस्थित गर्ने र सो कार्यमा सहयोगको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
९२६० इलाम नगरपालिकाको वडा वडाबाट संघीय तथा प्रदेश सरकारमार्पmत सम्बोधन हुनका लागि माग भएका योजना तथा कार्यक्रमहरु नेपाल सरकार तथा १ नं। प्रदेश सरकारमा कार्यान्वयनका लागि पठाउने निर्णय गरियो ।
९२७० इलाम नगरपालिका वार्ड नं। ९ स्थित फाल्गुनन्द सुकिलुम्वा विमानस्थललाई चाडै सञ्चालनमा ल्याउन र माननीय पर्यटन मन्त्रीज्यूबाट उद्घोषण भए अनुरुप सो क्षेत्रमा पाइलट ट्रेनिङ्ग स्कुल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाई दिन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९२८० इलाम नगरपालिका वार्ड नं। ३ मा रहेको पाटेनागी क्षेत्र जैविक विविधतायुक्त पर्यटकीय थलोको रुपमा रहेको र सो क्षेत्रको उचित संरक्षण र विकास नभई रहेको अवस्थामा सो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन, विविध जडीबुटी र वनस्पतिको सरक्षण गर्ने उदेश्यले पाटेनागी क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी यसको संरक्षण तथा विकास गर्न संस्थागत ढंगले कार्यक्रम अगाडि बढाउने र सो कार्यमा सहयोगको लागि नेपाल सरकार र प्रदेश सरकारमा समेत अनुरोध गर्ने निर्णय गरियो ।
९२९० इलाम सदरमुकाममा रहेका सरकारी कार्यालयहरु अन्य जिल्लामा सारेको ९जस्तै खानेपानी कार्यालय, पशु अस्पताल, सहरी विकास कार्यालय० र सडक डिभिजन कार्यालय समेत अन्यत्र सार्ने चर्चा चलिरहेकोमा सारिएका कार्यालयहरु पुनस्र्थापना गर्न र सडक डिभिजन कार्यालय यथावत राख्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
९३०० इलाम सदरमुकाममा रहेका यातायात व्यवस्था सेवा कार्यालय र करदाता सेवा कार्यालयको सेवा विस्तार गरी इलाम, पाँचथर र ताप्जेलुङ्गसम्मका सर्वसाधारणलाई सुविधा प्रवाह हुने व्यवस्था मिलाई दिन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९३१० इलाम नगरपालिकालाई गाईपालनको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले गाईपालन व्यवसाय कार्यक्रम सञ्चालन गरी पशुपालक कृषकहरुलाई प्रोत्साहित गरिरहेको हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाअन्तर्गत इलाम नगरमा गाई जोनको कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरियो ।
९३२० एक सहर एक पहिचान अन्तर्गत इलाम नगरपालिका पर्यटकीय सहरको रुपमा छनौट गरी संघीय सरकारको बजेटमा समावेश भएकोमा सो कार्यक्रम अन्तर्गत खर्क पोखरी तथा पार्क निर्माणमा ५ लाख मात्र बजेट विनियोजन भएकोले सो नगण्य रकमले यस्तो कार्यक्रम अगाडि बढन नसक्ने हुँदा आवश्यक बजेटको व्यवस्थापनका लागि संघीय सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९३३० इलाम जिल्ला कृषि क्षेत्रमा अग्रणी जिल्ला रहेको र यस क्षेत्रको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएको हुनाले कृषि क्षेत्रको समग्र विकास, उन्नयनका लागि इलाम नगरमा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि नेपाल सरकार र १ नं। प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
९३४० मेची राजमार्गलाई समयानुकूल विस्तार गर्नका लागि २ लेनको सडकको रुपमा विकास गरि दिन संघीय सरकारमा अनुरोध गर्ने ।

छैटौं नगरसभाको समापनको अवसरमा नगर सभाका सदस्यहरु सानु दाश, नरेश श्रेष्ठ र नारदप्रसाद लम्सालले समापन मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।
इनपा ७ निवासी इलाम नगरपालिकाका पूर्व उपप्रधापञ्च तथा समाजसेवी गोपालप्रसाद श्रेष्ठको असामयिक निधनप्रति शोक ब्यक्त गर्दै इलाम नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ ।

TOP