जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

गर्मी छल्न पहाडको फेदिमा

  • प्रकाशित मितिः May 31, 2026
  • हाम्रो पालिका
गर्मी छल्न पहाडको फेदिमा

गोबिन्द पौडेल:

तराईको प्रचन्ड गर्मि छल्न होसु वा फुर्सदमा साथिहरुसँग मनोरन्जन गर्न, सस्तो र छिटो गन्तब्व बन्दै गएको छ खलिपे निन्दा खोला । रोङ गाउपालिका वडा न ६ मा अवस्थित यो खोला झापा मेचिनगर पालिकाको करिव ५ सय मिटर नजिकमा पर्दछ । खलिपेमा खोलाको छोटो छहरा खेल्दै चिसो पानिमा डुबुल्कि लगाउन रसुरम्य बाटिकामा डुल्दै झोलुङ्गे पुलमा हल्लिन अहिले सयौँको सख्यामा मानिसहरु आउन थालेका छन् । यसका कारण स्थानिय क्षेत्रहरुको कारोवार पनि बढेको पाईन्छ ।
काँकडभिट्टाबाट करिव ११ किलोमिटर उत्तरमा पर्ने र सडक पुर्वाधारको राम्रै बिकाश भएको उक्त स्थानमा तराईतिर खुल्ला मौसम र गर्मि हुनसाथ हुलका हुल मानिसहरु आउने गरेका छन् ।त्यहाँ आउने मानिसहरुमा करिव ६० प्रतिसत नेपाली र ४० प्रतिसत भारतिय रहने गरेको उनिहरुले यात्रा गरेको सवारी साधनबाट पनि स्पस्ट हुन्छ । उक्त स्थान भारतबाट पनि नजिकमा पर्दछ।
तराईको अन्तिम भाग पहाडको दक्षिण माथितिर अजगको झण्डी र काउले डाँडा बिचमा अनाकन्टर खोच, जङगल अनि नजिकै सुन्दर वाटिकामा चिसो हावापानी,अनि थोरै खर्चले समेत पुग्ने उत्तम गन्तब्य भएको कारण आफुहरु फुर्सदको समयमा यहाँ आउने गरेको काँकडभिट्टाबाट आएका सर्मिला राउतले बताईन्।
बिगतका बर्षहरुवाट सिजनल पर्यटकहरु धेरै आउने र उनिहरुलाई लामो समय भुल्लाउन सक्दा यहाँको कारोवार बढ्न सक्ने भएकोले यस क्षेत्रको ब्यवस्थापनमा आफुहरुको ध्यान गएको रोङ ६ का वडाध्यक्ष सत्यम राई चौरासेले बताए । यहाँ आउने पर्यटकहरुका लागि पार्किङ,शौचालय ,बगैँचा जस्ता पूर्वाधारहरुमा गाउँपालिका लागिसकेको चौरासेले बताए । यहाँ आउने पर्यटकहरु केन्द्रित गरेर खलिपेमा केहि रिसोट र खाजाघरहरु रहेका छन् । नजिकै निन्दामा पनि केहि खाजाघर रहेको र पर्यटकहरु आउँदा राम्रै कारोवार हुने गरेको स्थानिय ब्यवसायि राम मोक्तानले बताए ।
यहाँ आउने पर्यटकहरु केहि मात्रामा सलकपुर,झण्डिडाँडा सम्म आउने गरेका छन् भने केहि जिर्मले हुदै मनकामना मन्दिर सम्म आईपुग्ने गरेका छन् ।रोङ गाउँपालिका वडा न ६ ले जौवारीमा रहेको मनोकामना मन्दिपुरको पूर्वाधार बिकाश गरेसँगै आगन्तुकहरुको गन्तब्य बनेको हो ।

TOP