प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

नेपाल भारत सीमाको पशुपतिनगर–मानेभञ्ज्याङ सडकको उद्धघाटन

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
नेपाल भारत सीमाको पशुपतिनगर–मानेभञ्ज्याङ सडकको उद्धघाटन

फिक्क्ल्: नेपाल–भारत सीमानाको पशुपतिनगर देखि मानेभञ्ज्याङ जोड्ने सडकको उद्धघाटन गरिएको छ । ३ करोड ७१ लाख रुपैया लागतमा निर्माण थालिएको सूर्योदय नगरपालिका वडा नं २ को पशुपतीनगर बजार देखि वडा नं १ नेपाल भारत सीमामा रहेको मानेभञ्ज्याङ बजार सम्मको पहिलो चरणको ढलानको काम सम्पन्न भई सडक उद्घाटन गरीएको हो ।
सडक निर्माणपछि आफ्नै जिल्लाको अर्को गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । बिहिबार एक कार्यक्रमका बिच सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले सडक उद्धघाटन गर्नु भयो । उद्धघाटन कार्यक्रममा सूर्योदय वडा नं ३ का अध्यक्ष लोकबहादुर प्रधान, सूर्योदय–२ का निवर्तमान वडाध्यक्ष चन्द्र सुब्बा, नेकपा एकिकृत समाजवादी सूर्योदय अध्यक्ष कमल गदाल, नेपाली कांग्रेसका नेता हिमाल मास्के लगायतको उपस्थिती रहेको थियो ।
संघीय सरकार, प्रदेश सरकार र सूर्योदय नगरपालिकाको समन्वयमा डिभिजन सडक कार्यालयले १ हजार २ सय मिटरको सडक ढलानको कार्य गरेको छ । सो सडक खण्ड सूर्योदय नगरपालिकाको पशुपतीनगर हुँदै पाँचथरसम्म जोड्ने रिङ रोड अन्र्तगत पर्छ ।
सडक निर्माणको जिम्मा भगवती बौद्ध सोहिना जेभीले लिएको थियो । असार २० सम्ममा सम्पन्न गर्ने गरी गत चैत २० मा सडकको ठेक्का लागेको थियो । अब आन्तरिक पर्यटकलाई नेपाली भु–भाग हुँदै प्रसिद्ध चित्रेगुम्बा लगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको छ ।

TOP