जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको पाथीभरा मन्दिर परिसरमा ब्यवस्थित टहरा निर्माण

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको पाथीभरा मन्दिर परिसरमा ब्यवस्थित टहरा निर्माण

गोबिन्द पौडेल:


इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा ब्यवस्थित टहरा निर्माण गरिएको छ ।धार्मीक आस्थाको केन्द्र पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनलाई सहज गराउन र ब्यवसायीक हिसावले टहरा निर्माण गरीएको हो । टहरो निर्माण पछि मन्दिर परिसर आकर्षक र ब्यवस्थित बन्नुको साथै मन्दिर परिसरमा ब्यपार ब्यवसाय गर्नेलाई समेत सहज भएको छ ।
४८ वटा ब्यवस्थित टहरो निर्माण र मन्दिर परिसर सजावटको लागि ६८ लाख ४२ हजार ६ सय रुपैयाँ खर्च भएको छ । चालु बर्षमा कोशी प्रदेश सरकार पर्यटन तथा वन वातावरण मन्त्रालयको ४० लाख , रोङ गाउँपालिकाको बीसलाख र उपभोक्तावाट ६ लाख १२ हजार पाँचसय नगद सहित दुईलाख ३० हजार एक सय रुपैयाँको लागतमा ४८ वटा ब्यवसायीक टहरा निर्माण गरिएको छ । उक्त स्थानमा बिद्यु जडान,हासपोखरी कुट्टीडाँडा क्षेत्रमा दुवोरोपण ,इलाम प्रबेशद्वार जोरकलस, कुट्टीडाँडा,हासपोखरी हर्कटे जस्ता मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसलाई सौ गरि न्दर्यकरण र आकर्षक बनाउने प्रयत्नकाम गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
मन्दिरमा दिनहु आउने भक्तजनमा धार्मीक आस्था त छदैछ मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले थप आर्कषण थपेको छ । उक्त सौन्दयृकरणले रोङको कारोवार बढ्ने प्रचुर सभावना रहेको रोङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताउनु भयो ।
रोङ ३ मा रहेको पाथीभरा मन्दिर परिसरमा माता पाथिभरा साना पर्टन ब्यवसायी संस्था स्थापना गरि ब्यवसाय गर्दै आएका छन ।उनिहरुले मन्दिरमा आउने भक्तजनको लागि पुजा सामग्री लगायतको सेवा प्रदान गर्ने गरेका छन । साना ब्यवसायी संस्थामा हालसम्म ४७ र एक चटपटे ब्यवसायी आवद्ध रहेको ब्यवसायी दिनेस निरौलाले जानकारी दिनु भयो । सस्थामा आवद्ध ब्यवसायी ,टोल बिकास सस्था र स्थानीय बासिले मन्दिर परिसरलाई ब्यवस्थित गर्न सरसफाई र ब्यवस्थापन लगायतका काममा नियमित रुपमा लागि परेका छन् । पछिल्लो समय गाउँपालिकाको मातहतमा मन्दिरलाई ल्याई ब्यवस्थित गरिए पछि मन्दिरको आम्दानी समेत ह्वात्तै बढेको छ ।

TOP