जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने

  • प्रकाशित मितिः September 11, 2026
  • हाम्रो पालिका
राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने
बिनु खड्का:


राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । जेठ २६ र २७ गते प्रतियोगिता हुने भएको हो । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा प्रतियोगिता संचालन हुने आज इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
यो जिल्लाकै पहिलो पटक जिल्लामा रासष्ट्रिय स्तरको प्रतियोगिता ुेहुन लागेको रग्बी संघ इलाम जिल्ला अध्यक्ष गंगा पm्याक (बिजु) राईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताले जिल्लामा यस खेलसँग सम्वन्धित खेलाडी बढ्ने र खेल पर्यटनको समेत प्रवद्र्धन हुने बताउनुभयो ।
यु—२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने रग्बी संघका केन्द्रीय प्रचार बिभाग सदस्य नमिन ढकालले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषको ११÷११ टिमको सहभागीता रहने छ । सात प्रदेशका सातवटा टीम र चारवटा क्लब प्रतियोगितामा समावेश हुने आयोजक तथा रग्बी संघ माई नगरपालिकाका अध्यक्ष रन्जित काफ्लेले बताउनुभयो ।
यस खेलको विकाससँगै इलाम जिल्लाले प्रदेशमा उत्कृष्ठ स्थान हाँसिल गरेको जिल्ला खेलकुद विकास समिति इलामका प्रखुख नारायण भट्टराईले बताउनुभयो । २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको बताइएको छ । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको थियो ।
यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गंठन भएपछि मात्र रग्बीले गति लिन थालेको जनाइएको छ । अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको छ । यस खेलको एक टीममा सात जना खेलाडी रहने ब्यवस्था छ ।

TOP