कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माईमा रहेको साना किसानको २७ लाख बढी रकम चोरी

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलामको माईमा रहेको साना किसानको २७ लाख बढी रकम चोरी

माई : साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका ४ इलाममा अपरिचित समूहले नगद चोरी गरेको छ। माई नगरपालिका ४ गैरीगाउँमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

मंगलबार राति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिए । सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १ हजार ३ सय महिला सदस्य रहेका छन् ।

TOP