नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika

इलाम: स्वदेशी चियाको गुणस्तर उच्च देखिएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि लोकप्रिय बन्दै माग बढेर निर्यातमा वृद्धि भएको हो । गत असोज ४–५ गते ९२०२२ सेप्टेम्बर २०–२१० चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चियाको गुणस्तर उच्च देखिपछि विश्व बजारमा मागसँगै निर्यातमा समेत वृद्धि भएको व्यवसायीको भनाइ छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन–चैत०सम्म दुई अर्ब ९८ करोड ४८ लाख ७६ हजार रुपियाँ बराबरको एक करोड ३७ लाख ३३ हजार ४०४ किलो चिया निर्यात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको ९० लाख १७ हजार ८४३ किलो चिया निर्यात भएको थियो । गत वर्षको तुलनामा ६१ करोड ६१ लाख ५१ हजार रुपियाँ बराबरको ४७ लाख १५ हजार ५६१ किलो चिया निर्यात बढी भएको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार आव २०७८र७९ मा तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो । यस्तै आव २०७७र७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्क छ । राष्ट्रिय चिया तथा कफी बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तर राम्रो भएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि चालु आवको नौ महिनामा २५ देखि ३० प्रतिशतले चिया निर्यातमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले अन्तर्राष्ट्रिय बजारमा चियाको माग उच्च छ, उत्पादन पनि छ तर निर्यातका लागि सरकारले सहजीकरण नगर्दा मागअनुसार पठाउन नसकिएको जानकारी दिनुभयो । नेपाली चियाको गुणस्तर उच्च भएपछि चीनमा निर्यात गर्ने ठूलो सम्भावना छ तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण नगर्दा निर्यात गर्न नसकिएको उहाँको भनाइ छ । सहजै विदेशी मुद्रा आर्जन गर्न सकिने चियाको निर्यात बढाउन सरकारले नीतिगत तवरबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । चिया निर्यातमा बेलाबेला समस्या आउने गरेको छ ।

सत्र हजार हेक्टरमा चिया खेती पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी नेपालमा भइरहेको चिया पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थोडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ ।
आव २०७७र७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आव २०७६र७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस क्षेत्रमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यावसायिक रूपमा चिया खेती बढ्दै गएको छ । नेपाली चिया भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

आगामी शुक्रबार विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको हो । दिवसका अवसरमा चिया उत्पादक, व्यापारी, व्यवसायी र सरकारी निकायबीच अन्तक्र्रिया कार्यक्रम गरिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया दिवसका अवसर पारेर अन्तर्राष्ट्रिय महोत्सव गर्न लागिएको हो । महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी हुने बोर्डले जनाएको छ । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने बोर्डले जनाएको छ । व्यापारीलाई चियाको फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ । गोरखापत्र अनर्लानबाट

TOP