कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

फिक्कल: सूर्योदय नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम माथी सरोकारवाला संग छलफल भएको छ ।बिहीबार नगरले स्थानीय सरोकारवाला संग आगामी आर्थिक बर्षको नीति कार्यक्रम माथी समुहगत रुपमा छलफल गरेको हो । छलफलमा आएका बिषयलाई नगरसाभामा राखीने नगरले जनाएको छ ।
सूर्योदय नगरपालिका आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा जनप्रतिनिधि, कर्मचारी, बिभिन्न क्षेत्रका सरोकारवाला लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नगरको पर्यटन, सहकारी , उद्योग ब्यपार, कृषि , पशु श्रम रोजगार जस्ता सात वटा बिषयमा समुहगत रुपमा छलफल भएको थियो । आर्थिक सबकास समिति संयोजक शर्माले छलफलमा आएका सवालहरु नगरको नीति कार्यक्रममा समावेस गरीने जानकारी दिनु भयो ।
छलफलका क्रममा सहभागीले कृषि लगायत सबै क्षेत्रको तंथ्याक नगरमा राख्नु पर्ने, कृषि अनुदान सहित ठाउँमा पुग्नु पर्ने , बाझो जमिनलाई कृषि योग्य बनाईनु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा किसान मोहन लाप्चाले कृषि अनुदानका कार्यक्रम सहित किसानकोमा नपुग्ने र पहुँचवालाकामा पुग्ने भएकाले कटौती गर्नु पर्ने माग राख्नु भयो । कार्यक्रममा संचारकर्मी तथा पर्यटनका जानकार केदार शर्माले सूर्योदयको कृषि उपजलाई बंगलादेश निर्यातका लागि पहल गर्नु पर्ने बताउनु भयो । उहाले बजारीकरणको समस्या समाधान गर्न सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
सम्बन्धित क्षेत्रका ब्यक्तिले समुहगत रुपमा छलफल गरी नीति तथा कार्यक्रममा समाबेस गर्नु पर्ने बिषयो नगरलाई सुझाव दिएका छन् । कार्यक्रममा नगर प्रमुख रणबहादुर राई , उप प्रमुख दुर्गाकुमार बराल , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, महिला बालबालिका शाखा प्रमुख तारा शेर्पा , कृषि शाखा प्रमुख अस्मिता गदाल , रोजगार शाखा प्रमुख बिष्णु रिजाल , पशु शाखा प्रमुख बिपिन कुमार सिंह लगायतको सहभागीता रहेको थियो ।

TOP