प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

फिक्कल: सूर्योदय नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम माथी सरोकारवाला संग छलफल भएको छ ।बिहीबार नगरले स्थानीय सरोकारवाला संग आगामी आर्थिक बर्षको नीति कार्यक्रम माथी समुहगत रुपमा छलफल गरेको हो । छलफलमा आएका बिषयलाई नगरसाभामा राखीने नगरले जनाएको छ ।
सूर्योदय नगरपालिका आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा जनप्रतिनिधि, कर्मचारी, बिभिन्न क्षेत्रका सरोकारवाला लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नगरको पर्यटन, सहकारी , उद्योग ब्यपार, कृषि , पशु श्रम रोजगार जस्ता सात वटा बिषयमा समुहगत रुपमा छलफल भएको थियो । आर्थिक सबकास समिति संयोजक शर्माले छलफलमा आएका सवालहरु नगरको नीति कार्यक्रममा समावेस गरीने जानकारी दिनु भयो ।
छलफलका क्रममा सहभागीले कृषि लगायत सबै क्षेत्रको तंथ्याक नगरमा राख्नु पर्ने, कृषि अनुदान सहित ठाउँमा पुग्नु पर्ने , बाझो जमिनलाई कृषि योग्य बनाईनु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा किसान मोहन लाप्चाले कृषि अनुदानका कार्यक्रम सहित किसानकोमा नपुग्ने र पहुँचवालाकामा पुग्ने भएकाले कटौती गर्नु पर्ने माग राख्नु भयो । कार्यक्रममा संचारकर्मी तथा पर्यटनका जानकार केदार शर्माले सूर्योदयको कृषि उपजलाई बंगलादेश निर्यातका लागि पहल गर्नु पर्ने बताउनु भयो । उहाले बजारीकरणको समस्या समाधान गर्न सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
सम्बन्धित क्षेत्रका ब्यक्तिले समुहगत रुपमा छलफल गरी नीति तथा कार्यक्रममा समाबेस गर्नु पर्ने बिषयो नगरलाई सुझाव दिएका छन् । कार्यक्रममा नगर प्रमुख रणबहादुर राई , उप प्रमुख दुर्गाकुमार बराल , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, महिला बालबालिका शाखा प्रमुख तारा शेर्पा , कृषि शाखा प्रमुख अस्मिता गदाल , रोजगार शाखा प्रमुख बिष्णु रिजाल , पशु शाखा प्रमुख बिपिन कुमार सिंह लगायतको सहभागीता रहेको थियो ।

TOP