जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा साहित्य महोत्सव सुरु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाममा साहित्य महोत्सव सुरु

इलाम: इलाममा आईतबार देखि साहित्य महोत्सव सुरु भएको छ । साहित्यमार्फत इलामको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका साहित्यकार सम्मिलित महोत्सव शुरु भएको हो ।
महोत्सव सोमबार सम्म भोलीसम्म चल्नेछ । महोत्सवमा साहित्य, राजनीति, पर्यटन सिनेमा लगायत १४ विधामा छलफल हु“दैछ । पहिलो दिन ‘अंक अर्थ र अध्यात्म’ विषयमा विश्व पौडेलले सम्भाषण प्रस्तुत गरे । उनले अंकले अर्थशास्त्रलाई विश्वासिलो वनाएको तर्क गर्दै आध्यात्म र गणितबीचको अन्तर सम्वन्धका विषयमा आफनो विचार राखे । ‘राजनीतिमा एजेण्डा कि अनुहार’ शिर्षकमा नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुषाल, नेपाली का“ग्रेसका गुरुराज घिमिरे र लेखक खगेन्द्र स“ग्रौलाले वहस गरे ।
बहुदलीय व्यवस्था आएको ३५ वर्षपछि पनि मूलुकलाई उन्नती गर्न नसकेकोसाझा निश्कर्ष थियोनिकालिएको थियो । दलहरु बिचार बिहिन र अवसरवादी भएको बिचार उनीहरुको छ ।
‘लेखन सफल कि सार्थक’मा युवराज अधिकारी, विश्व विमोहन श्रेष्ठ र सविता गौतम दाहालले विचार राखे ‘कस्तो सिनेमा शिर्षकमा कलाकर्मीहरु उपेन्द्र सुब्बा र सुरक्षा पन्तले आफ्नो धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले राज्य सत्तास“ग प्रश्न गर्ने साहित्य लामो समयसम्म टिक्ने वताउदै यस्तो साहित्य सिर्जनामा लाग्नु पर्ने वताए । इलाम साहित्य समाज र इलाम नगर साहित्य, कला संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा देशविदेशवाट भेलिएका साहित्यकारले कविता, गजल बाचन गरेका थिए ।

TOP