पालिका विशेष न्यूनतम सेवा मापदण्डमा अन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार
Hamropalika menu advertisement

राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदयका खेलाडीलाई सम्मान

  • प्रकाशित मितिः July 11, 2025
  • हाम्रो पालिका
राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदयका खेलाडीलाई सम्मान

फिक्कल: १३ औ राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदय नगरपालिकाका खेलाडीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । प्रतियोगितामा ६ स्वर्ण, ६ रजत, १० काँस्य पदक प्राप्त गरि तेश्रो स्थान हासिल गरेको सहभागी खेलाडी र अफिसियलहरुलाई नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई लगायतले अबिर र खदा लगाएर सम्मान गरेका हुन् ।

सूर्योदयले कराते, एथ्लेटिक्स, कबड्डी लगायतका खेलमा पदक जितेको छ । नगरले करातेमा प्रथम, कबड्डीमा दोश्रो तथा तेक्वान्दोमा तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्राप्त ट्रफी नगर प्रमुखलाई हस्तान्तरण गरिएको छ । खेलाडीहरुले प्रतियोगितामा नयाँ खेलको रुपमा समावेश भएको रग्बी खेलको समेत अनुभव लिएका छन् ।

नगर खेलकुद विकास समितिका संयोजक शौरभ आचार्यले खेलकुदमा नगरको लगानीका कारण उपलब्धी हासिल भएको बताए । उनले नगरबाट सहभागी विद्याथीहरुले नयाँ खेलको रुपमा राष्ट्रपति रनिङ शिल्डमा रग्बी खेलको बारेमा जानकारी लिन पाएको बताए ।

नगर प्रमुख रणबहादुर राईले खेलाडीहरुलाई हौसला प्रदान गर्दै आगामी बर्षृ अझ उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले सफल आयोजनाका निम्ती जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद समेत ज्ञापन गरे । कार्यक्रम नगर शिक्षा शाखाका प्राविधिक नविनराज पौडेलले संचालन गरेका थिए ।

TOP