प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदयका खेलाडीलाई सम्मान

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदयका खेलाडीलाई सम्मान

फिक्कल: १३ औ राष्ट्रपति रनिङ शिल्डमा सहभागी सूर्योदय नगरपालिकाका खेलाडीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । प्रतियोगितामा ६ स्वर्ण, ६ रजत, १० काँस्य पदक प्राप्त गरि तेश्रो स्थान हासिल गरेको सहभागी खेलाडी र अफिसियलहरुलाई नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई लगायतले अबिर र खदा लगाएर सम्मान गरेका हुन् ।

सूर्योदयले कराते, एथ्लेटिक्स, कबड्डी लगायतका खेलमा पदक जितेको छ । नगरले करातेमा प्रथम, कबड्डीमा दोश्रो तथा तेक्वान्दोमा तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्राप्त ट्रफी नगर प्रमुखलाई हस्तान्तरण गरिएको छ । खेलाडीहरुले प्रतियोगितामा नयाँ खेलको रुपमा समावेश भएको रग्बी खेलको समेत अनुभव लिएका छन् ।

नगर खेलकुद विकास समितिका संयोजक शौरभ आचार्यले खेलकुदमा नगरको लगानीका कारण उपलब्धी हासिल भएको बताए । उनले नगरबाट सहभागी विद्याथीहरुले नयाँ खेलको रुपमा राष्ट्रपति रनिङ शिल्डमा रग्बी खेलको बारेमा जानकारी लिन पाएको बताए ।

नगर प्रमुख रणबहादुर राईले खेलाडीहरुलाई हौसला प्रदान गर्दै आगामी बर्षृ अझ उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले सफल आयोजनाका निम्ती जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद समेत ज्ञापन गरे । कार्यक्रम नगर शिक्षा शाखाका प्राविधिक नविनराज पौडेलले संचालन गरेका थिए ।

TOP