जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

आत्मदाह गरेका आचार्यको परिवारसँगको भेटमा बिश्वप्रकाश शर्माले भन्नु भयो ‘सिंगो देश तपाईंहरूको साथमा छ’

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
आत्मदाह गरेका आचार्यको परिवारसँगको भेटमा बिश्वप्रकाश शर्माले भन्नु भयो ‘सिंगो देश तपाईंहरूको साथमा छ’

फिक्क्ल: नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग भेट गर्दै सिंगो देश साथमा रहेको बताउनु भयो ।
काजक्रिया भइरहेको सूर्योदय नगरपालिका वडा नं ११ केराबारीस्थित आचार्यको मूल घरमा पुगेर शर्माले भन्नु भयो ‘उहाँले उठाएका विषयप्रति गम्भीर छौं। तपाईंहरूको साथमा सिंगो देश उभिएको छ।’‘ आचार्यले उठाएको कुरा सरकार संग मात्र जोडिएको छैन, सिंगो समाज जिम्मेवार छ’ शर्माले भन्नु भयो । शर्माले समाज जिम्मेवार बने मात्र यस्ता घटना रोक्न सकिने बताउनु भयो ।
शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थ भएको बताउँदै यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए। ‘सरकारी प्रक्रियाको हैरानी निकै कहालीलाग्दो छ,’ उनले भने‚ ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ। प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं।’
आचार्यको काजक्रियामा रहेकी पत्नी नानुका आचार्य, उनका दाजु, छोरी, आमा र हजुरबुवासहित परिवारसँग काँग्रेस महामन्त्री शर्मासहित काँग्रेस इलामका सभापति डम्बर खड्का, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, झापा क्षेत्र १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले भेट गरी समवेदना व्यक्त गरेका थिए । त्यस अघि नेकपा एमाले जिल्ला अध्यक्ष तथा संघीय सांषद महेश बस्नेत सहितको टोलीले आचार्यको परिवार संग भेट गरी समवेदना ब्यक्त गरेको थियो । काठमाण्डौमा आत्मदाहा गरेका आचार्यको इलामको केराबारीमा १३ दिने काम भैरहेको छ ।

TOP