कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिकाको प्रगति सार्वजनिक

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिकाको प्रगति सार्वजनिक

इलाम : इलाम नगरपालिकाले हालसम्मको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरबासीको सेवा प्रवाहका लागि गरिएका मुख्य उपलब्धिहरु नागरपालिकाले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा इलाम नगरपालिकाले विभिन्न ८ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले मुख्यगरी व्यवस्थित पशु बधशाला निर्माण, तीन सय बेडको अस्पताल स्थापना गर्न पहल गरेको, फाल्गुनन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित उडान सुरुवात गरेकोलगायत विभिन्न विषयतगत शाखामार्फत ३० वटा काम प्राथमिकताका साथ थालिएको नगर प्रमुख केदार थापाले बताए ।

सदरमुकाम रहेको नगरपालिकाले जिल्लाका सबै संघसंस्थासँग समन्वय गर्नुपर्ने भएकाले संघ र प्रदेश सरकारले पनि बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने इलाम नगरपालिकाले माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा उपप्रमुख विष्णु लिम्बू (दाहाल), प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का, नगर प्रवक्ता नुतनदेव दुलाल, वडाध्यक्षहरुलगायतले नगरको विकासमा संचार क्षेत्रले पनि महत्वपूणर् भुमिका खेल्नुपर्ने बताए ।

TOP