जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिकाको प्रगति सार्वजनिक

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकाको प्रगति सार्वजनिक

इलाम : इलाम नगरपालिकाले हालसम्मको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरबासीको सेवा प्रवाहका लागि गरिएका मुख्य उपलब्धिहरु नागरपालिकाले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा इलाम नगरपालिकाले विभिन्न ८ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले मुख्यगरी व्यवस्थित पशु बधशाला निर्माण, तीन सय बेडको अस्पताल स्थापना गर्न पहल गरेको, फाल्गुनन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित उडान सुरुवात गरेकोलगायत विभिन्न विषयतगत शाखामार्फत ३० वटा काम प्राथमिकताका साथ थालिएको नगर प्रमुख केदार थापाले बताए ।

सदरमुकाम रहेको नगरपालिकाले जिल्लाका सबै संघसंस्थासँग समन्वय गर्नुपर्ने भएकाले संघ र प्रदेश सरकारले पनि बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने इलाम नगरपालिकाले माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा उपप्रमुख विष्णु लिम्बू (दाहाल), प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का, नगर प्रवक्ता नुतनदेव दुलाल, वडाध्यक्षहरुलगायतले नगरको विकासमा संचार क्षेत्रले पनि महत्वपूणर् भुमिका खेल्नुपर्ने बताए ।

TOP