प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने

फिक्कल: इलामको रोङ गाउँपालिकामा आइतबार पनि कार्यालय खुल्ने भएको छ । आइतबार बिदा दिएर कार्यालय ९ बजे खोल्ने संघीय सरकारको निर्णय पछि हाल सम्म गाउँपालिकामा १० बजे अगाडि एकै जना सेवाग्राही नआएको भन्दै गाउँपालिकाले आइतबार कार्यालय संचालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको जेष्ठ ४ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम जेष्ठ ६ गतेबाट लागू हुने गरी सामुदायिक बिधालय बाहेक अन्य कार्यलय पुरानै समय तालिकामा संचालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । अध्यक्ष स्याङबोले असार मसान्त गाउँपालिकाले निर्धारण गरेको समय तालिकामा कार्यालय खोलने र असार मसान्त पछि पुनःबिचार गरी निर्णय गरीने जानकारी गराउनु भयो ।
गाउँपालिकाले असार मसान्त सम्ममा सम्पन्न गर्नु पर्ने धेरै योजनाहरु रहेको हप्तामा दुई दिन नियमित बिदा हुँदा काम सम्पन्न गर्न समय अभाब भएका कारण आइतबार कार्यालय खोल्ने निर्णय गरेको जनाएको छ । भौगोलिक बिकटताका कारण बिहान ९ बजे कार्यालय आउन कर्मचारीलाई समेत समस्या गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

TOP