जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य

इलाम: इलामको रोंग गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो सहित ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल आजदेखि चीनको ८ दिने अध्ययन भ्रमणमा प्रस्थान गर्दै छ । उक्त टोली आज दिउसो चिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  अप्रिल २३ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त भ्रमण चीन कृषि विश्वविद्यालय (CAU) को निमन्त्रणामा आयोजना गरिएको हो।

Food and Agriculture Organization (FAO) र China Agriculture University (CAU) बीच भएको सहकार्य सम्झौता अन्तर्गत हुने यस भ्रमणले कृषि, पर्यटन तथा प्रविधि क्षेत्रमा आपसी अनुभव आदान–प्रदान र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ। FAO ले नेपालका विभिन्न स्थानीय तहहरूमा कृषि, पर्यटन र प्रविधिमा चिनियाँ लगानीमार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैक्रममा, रोंग गाउँपालिका–४ मा अलैची खेती प्रवर्द्धन तथा स्थानीय मौसम र वातावरण सम्बन्धी तथ्याङ्क विश्वस्तरमा साझा गर्न सकिने अत्याधुनिक उपकरण जडान गरिएको थियो।

अध्ययन भ्रमणको मुख्य उद्देश्य स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक कर्मचारी, समुदाय प्रतिनिधि तथा FAO सम्बन्धित अधिकारीहरूलाई चीनको एकीकृत ग्रामीण विकास र “मोडेल गाउँ” रूपान्तरणका व्यवहारिक अभ्याससँग परिचित गराउनु रहेको छ। ग्रामीण पुनर्जागरण, कृषि आधुनिकीकरण, डिजिटल कृषि, वातावरण संरक्षण तथा गरिबी न्यूनीकरणमा चीनले हासिल गरेका अनुभवहरू नेपालका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

८ दिने भ्रमण अवधिमा प्रतिनिधिमण्डलले विभिन्न मोडेल गाउँहरूको स्थलगत अवलोकन, प्राविधिक छलफल र नीति संवादमा सहभागिता जनाउनेछ। साथै, संस्थागत संरचना, शासन प्रणाली, वित्तीय मोडेल, किसान संगठन तथा प्रविधि प्रयोगका अभ्यासहरूको अध्ययन गरिने कार्यक्रम छ।

भ्रमण तालिका अनुसार टोलीले कुनमिङ र युन्नान प्रान्तका विभिन्न मोडेल गाउँहरू—फुआन, सियाओयू, वान्सिचोङ, मानलुआन र हेबियन—को भ्रमण गर्नेछ भने हाई–स्पीड रेलमार्फत विभिन्न स्थानहरूको यात्रा पनि गर्नेछ। अन्तिम दिन अप्रिल ३० मा टोली काठमाडौँ फर्कने कार्यक्रम छ।

यस अध्ययन भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी ज्ञान हस्तान्तरण, संस्थागत सुदृढीकरण र प्रमाणमा आधारित योजना निर्माणतर्फ रणनीतिक पहलको रूपमा लिइएको छ। यसले नेपालमा “फोर बेटर्स मोडेल गाउँ” अवधारणालाई अझ प्रभावकारी, सान्दर्भिक र विस्तारयोग्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।

भ्रमण टोलीमा पाँचखाल नगरपालिका, बधैयाताल गाउँपालिका, रोंग गाउँपालिका, जिल्ला कृषि कार्यालय काभ्रे, अर्थ मन्त्रालय तथा FAO का प्रतिनिधिहरू सहभागी रहेका छन्।

TOP