प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदयको पान्दाममा आगलागि

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
सूर्योदयको पान्दाममा आगलागि

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. ९ पान्दाममा आगलागि भएको छ । आगलागिमा परि २ घर जलेर पूर्णरूमा क्षति भएको हो । स्थानीय पासाङ लामाको एउटा मुल घर र एउटा भान्सा घर जलेर पूर्णरूपमा नष्ट भएको छ भने स्थानीय प्रेम लामाको एउटा मुल घर र दुईवटा भान्सा घर जलेर नष्ट भएको छ । दुवै घरको कुनैपनि सामान निकाल्न सकिएको छैन । प्रेम लामाकोमा भाडामा बस्ने ३ परिवारको सामान पनि जलेर नष्ट भएको छ ।
सूर्योदय नगरपालिकाको बारुण यन्त्र ,शसस्त्र प्रहरी ,नेपाल प्रहरी ,नगर प्रहरी र स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरेको भए पनि नियन्त्रण प्रयास असफल भएको इलाक प्रहरी कर्यालयपशुपतिनगरले जानकारी दिएको छ ।
सूयोदय नगरपालिकाका कार्यबहाक नगरप्रमुख दुर्गा कुमार बराल लगायत वडा का जनप्रतिनिधिको समेत उपस्थितिमा आगो नियन्त्रणको प्रयास भैरहेको छ । खाना पकाउने दाउराको चुलोबाट आगो लागेको पाइएको छ ।

TOP