प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो

फिक्कल: इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१÷०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये पहिलो भएको छ । ७२ दशमलब ८७ अंकसहित सूर्याेदय पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले बिहिबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् । देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै, फाकफोकथुम गाउँपालिकाले ४८.९१, माङ्सेबुङ गाउँपालिकाले ४६.३१ र रोङ गाउँपालिकाले ४२.४३ अंक पाएका छन् ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि–२०७८ अनुसार विभिन्न १७ सूचकका आधारमा आयोगले मूल्यांकन गरी स्थानीय तहलाई अंक प्रदान गर्ने गरेको छ ।आव २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा सूर्याेदय ९० दशमलव ५ अंकसहित प्रदेशको पहिलो र देशभरको छैटौं भएको थियो । त्यही वर्ष स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा ९९ अंकसहित सूर्योदय देशकै दोस्रो भएको थियो ।

TOP