प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने

फिक्कल: अंग्रेजी नयाँ बर्ष सन २०२६ को अवसरमा पूर्वकै चर्चीत पर्यटकीय स्थल कन्याममा ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना गरिने भएको छ ।पुष १५ देखि १९ गते (३० डिसेम्बर देखि ३ जनवरी) सम्म स्थानीय खाद्य परिकार र सांस्कृतिक कार्यक्रम सहित ४ दिन ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना गरिने भएको हो ।
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरीएको फेस्टिवलमा २५ वटा स्थानीय रैथाने खाद्य परिकार , संस्कृति झलिक्ने र कोरियन कल्चरका स्टल रहने सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर श्रृजन गदालले जानकारी दिनु भयो ।
फेस्टिवलमा चिजका परिका मुख्य आर्कर्षको रुपमा राखीने भएको छ । स्थानीय स्तरमा उत्पादन भएका दुधका परिकार, तरुलका परिकार , कोदो , फापरका परिकार , वाचिपा र फूल नसरी आदि फेस्टिवलमा आर्कषणका रुपमा राखिने छ ।
कन्याम पर्यटन बिकास समितिको मुख्य आयोजना तथा सूर्योदय नगरपालिका, हिमालयन चिज उत्पादक संघ, आदिबासी जनजाती समन्वय परिषद सूर्योदय नगर कमिटीको सहकार्य फेस्टिवलमा रहने छ ।
४ लाख बढी खर्च लाग्ने फेस्टिवल संचालनका लागि स्टल, स्टेज , स्वागत गेट आदि निर्माण गर्ने काम भैरहेको कन्याम पर्यटन ब्यवसायी संघका अध्यक्ष डिबि तामाङ ग्यावकले जानकारी दिनु भयो । फेस्टिवलमा स्वादेशी र छिमेकी देश भारतका र कोरियन पर्यटकको सहभागिता रहने छ । अग्रेजी नयाँ बर्षमा कन्याममा बर्षेनी स्वदेशी र भारतीय पर्यटकको भिड लाग्ने गरेको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले फेस्टिवलले स्थानीय स्तरकोपर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । ‘छिमेकी देश भारतमा अग्रेजी नयाँ बर्ष मनाउदा धेरै भारतीय पर्यटक कन्याम आउने गरेकाले फेस्टिवल आयोजना गरिएको हो।’ नगर प्रमुख राईले भन्नु भयो ।

 

TOP