Hamropalika menu advertisement

इलामको रोङमा अलैँचीको बजारीकरण गर्न जिआइइएस प्रणाली

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामको रोङमा अलैँचीको बजारीकरण गर्न जिआइइएस प्रणाली

प्रेम अधिकारी, पशुपतिनगर(इलाम)

इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपना प्रणाली (जिआइइएस) नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ) को १८ लाख रुपियाँ बढी आर्थिक सहयोगमा अत्याधुनिक मेसिन जडान गरी कार्यान्वयनमा ल्याइएको हो ।
उक्त अत्याधुनिक मेशिन रोङ–४ भालुझोडाका किसान राजन लिम्बुको अलैंची बगानमा जडान गरिएको छ । उक्त स्टेशनलाई ‘रोङ हिमालयन अलैची जिआईइएस स्टेसन नेपाल ’नाम दिइएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार खाद्य तथा कृषि संगठन(एफएओ) को सहयोगमा उक्त मेशिन नेपालमै पहिलो पटक रोङ गाउँपालिकामा जडान गरिएको हो ।
नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चाइन एकाडेमी अफ साइन्सको प्राविधिक सहयोगमा उक्त मेशिसन जडान गरी कार्यान्वयनमा आएपछि अव यहाँ उत्पादन हुने कृषि वस्तुहरूलाई जिआईइएस प्रणाली अन्तर्गत ब्राण्डिङ र बजारीकरण गरिनेछ । जसको सुरुवात अलैंचीबाट हुने र क्रमशः अन्य कृषिजन्य उत्पादनमा पनि विस्तार गरिने योजना रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । उक्त मेशिन मार्फत निर्माण गरीएको क्युआर कोड स्क्यान गरेपछि बिश्वभरबाट रोङको अलैची बगानको हावापानी मौषम लगायत सहितको फोटो र भिडियो देख्न सकिने गरी प्रविधि जडान गरीएको छ ।
“ अहिले सम्म हामीले हाम्रो उत्पादन भन्ने अवस्था थिएन, अरुले ब्राण्डिङ गरी बिक्री गर्दै आएका थिए, अव भने हाम्रो उत्पादन यहिको हो भन्ने प्रमाणिकरण हुने छ’ गाउँपालिका अध्यक्ष स्याङबोले भन्नु भयो । उहाले अव अलैँचीको क्षेत्रमा स्थाइत्वको सुविधा , बिचौलिया बिना ग्राहक–उत्पादक जोड्ने प्रयास , राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुग्ने जानकारी दिनु भयो । उक्त डिभाइस मार्फत यहाँको कृषि क्षेत्रको विरण वल्ड डाटा सेन्टरमा पुग्ने छ र बिश्वब्यापी बजारीकरणमा सहयोग पुग्ने छ ।
मेशिन जडान चाइना एकाडेमी अफ साइन्सका प्रतिनधि लाइन चुंगले नेपाल चिन सम्बन्ध बिस्तारको ७० बर्षको अवसरमा एक देश एक कार्यक्रम अन्र्तगत उक्त जिआईइएस मेशिन संचालनमा ल्याइएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘नेपाल चिन सम्बन्ध जसरी अहिले सम्म अगाडी बढेको छ , आगामी दिनमा अझ बढी सहयोग आदानप्रदान हुनेमा बिश्वश्त छु ।’
उक्त मेशिन संचालनका लागि गाउँपालिका र अलैंची बिकास केन्द्रका कर्चचारीलाई तालिम दिइने काम भैरहेको अलैँची बिकास केन्द्र इलामका निमित्त कार्यालय प्रमुख अनुपा सुवेदीले जानकारी दिनु भयो । उहाले उक्त प्रविधिले यहाँको अलैचीलाई बिश्व बजारमा परिचित गराएर किसानले राम्रो मुल्य पाउन सक्ने जानकारी दिनु भयो ।
संयुक्त राष्ट्र संघ अन्र्तगतको फुड तथा कृषि संगठने रोङ गाउँपालिकाको कृषि क्षेत्रमा काम गर्दै आएको छ । संगठनले रोङमा ‘फोर बेटर भिलेज’ कार्यक्रम अन्र्तगत काम गरीरहेको छ ।
उक्त कार्यक्रममा प्राविधिक सहयोग चाईनिज एकाडेमी अफ साइन्स र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ)ले गरेको छ ।कार्यक्रममा रोङ गाउँपालिका र कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय अन्र्तगतको अलैँची बिकास केन्द्रको सहकार्य रहेको छ ।

 

TOP