जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय नगर उद्योग वाणिज्य संघको साधारणसभा तथा तेश्रो अधिवेशन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदय नगर उद्योग वाणिज्य संघको साधारणसभा तथा तेश्रो अधिवेशन

फिक्कल: सूर्योदय नगर उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा र तेश्रो अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको फिक्कलमा संघको अधिवेशन र साधारणसभा भएको हो । संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको उद्धघाटन सत्रको कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नगरपालिकाले व्यवसाय दर्ता गर्दा वाणिज्य संघको सिफारिसबाट गर्ने बिषयमा लागेको जानकारी दिनु भयो।
उहाले बहाल कर लिँदै गर्दा रोहवरमा वाणिज्य संघ रहने गरी कानुनमा व्यवस्था गरेर जाने बताउनु भयो । बरालले सूर्योदयको समृद्धि आर्थिक र पर्यटन क्षेत्र भएको बताउनु भयो । उहाले कृषिजन्य उत्पादनमा बृद्धि गर्दै बजारीकरण र पर्यटनलाई व्यवस्था गर्न सके सूर्योदयको राजस्व बृद्धि हुने बताउनु भयो । ‘यहाँबाट अलैची, अदुवा कुचो, स्कुस उत्पादन हुन्छ , तर उत्पतिको प्रमाणपत्र झापाबाट गएर गछौ र फाइदा झापाले लिएको छ । नयाँ निर्वाचित हुने समितिले उद्योग वाणिज्य महासंघमा गएर सूर्योदयबाट जारी गर्ने व्यवस्था गर्न सके आर्थिक रुपमा संस्था बलियो हुन्छ ।’ बरालले भन्नु भयो ।
कार्यक्रममा नगर उपप्रमुख बराल, सूर्योदय नगरपालिका–८ का वडाध्यक्ष जंग गुरुङ, निर्वाचन मण्डलका अध्यक्ष हरिप्रसाद लुइटेल, नर्सरी व्यवसायी संघकी अध्यक्ष लासाङ तामाङ, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष मदन पौडेलले शुभकामना मन्तव्य राख्नु भयो । संघका उपाध्यक्ष प्रज्वल प्रधानले स्वागत मन्तब्य राख्नु भयो ।
पछिल्लो समय सूर्योदय उद्योग बाणिज्य संघ प्रति ब्यवसायिक चासो घटदै गएको पाइएको छ । ६ सय हाराहारी सदस्य मध्ये अहिले २ सय १० ब्यवसायीले मात्र संघमा आफनो ब्यवसाय नविकरण गरेका छन ।
कार्यक्रममै अवसरमा संघले ४ जना पूर्व अध्यक्ष र सहयोगीलाई सम्मान गरेको छ । संघले पूर्व अध्यक्ष बिमल पाण्डे, लिलादेवी श्रेष्ठ, ध्रुव सुब्बा र ज्ञानीराम श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । त्यसैगरी करफोक बिद्यामन्दिर बहुमुखी क्याम्पस, फिक्कल माध्यमिक विद्यालय र बैंकर्स अर्चन ढुङगानालाई कदरपत्र प्रदान गरेको छ । संघले आगामी नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि भोली पशुपतिनगरमा निर्वाचन गरिने तय भएको छ ।

 

TOP