जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

विराटनगर:  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले आइतबार कोशी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी वर्षका लागि प्रस्तुत गरिएको अनुमानमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७।७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपियाँ अर्थात् ०।३ प्रतिशत रहेको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १।७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले बजेट वक्तव्यमार्फत जानकारी दिनुभयो । प्रदेश सरकारले स्थानीय तहमा गर्ने वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख रुपियाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि गर्न प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख प्राप्त गर्ने जनाएको छ ।

यस्तै राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख रुपियाँ प्राप्त गर्ने मन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । बाँकी अपुग हुने रकम चालु वर्ष खर्च नभई बाँकी रहने नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

कोशी प्रदेश सरकारले ल्याएको बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड रुपियाँ विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले प्रदेशको उच्च आर्थिक वृद्धि कायम गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा कृषि उत्पादन वृद्धि गर्दै बसाइसराइ न्युनीकरण गर्ने उद्देश्य राखेर बजेट तर्जुमा गरेको जनाएको छ । बजेटमार्फत सरकारले पर्यटन विकास र प्रवर्धनमा जोड दिएको देखिए पनि प्राथमिकता किटान गर्न भने नसकेको देखिन्छ ।

कोशी प्रदेश सरकारले बजेटमार्फत खाद्य पोषण कार्यक्रम सञ्चालन गर्ने, स्वच्छ दुध तथा मासु उत्पादन गर्न खोरेतविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने, विद्यालयहरूमा स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रम, पर्यटन प्रवर्धन र पर्यटन पूर्वधार विकासमा लगानी गर्ने जस्ता अधिकांश विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ ।

कोशी प्रदेशमा उत्पादित घिउ विदेश निर्यात गर्न प्रोत्साहन गर्दै सरकारले दिने अनुदान भने बढाएको छ । घिउ निर्यात गर्दा प्रतिकिलो १०० रुपियाँका दरले दिइँदै आएको अनुदान रकमलाई बढाएर प्रतिकिलो १२० रुपियाँ बनाइएको छ ।

यसैगरी चालु वर्षमा सरकारले आयोजना गर्न नसकेको अन्तर्राष्ट्रिय चिया सम्मेलन आगामी वर्षमा गर्ने गरी बजेट विनियोजन गरेको छ । त्यसका लागि सरकारले २ करोड रुपियाँ विनियोजन गरेको छ ।

यस्तै प्रदेशमा निर्माण गरिएका चार वटा पदमार्गहरुको विकास तथा प्रवर्धन गर्न ५ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने पर्यटन प्रवर्धनका लागि १० करोड रुपियाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गरेको सरकारले आउँदो वर्ष अन्तर्राष्ट्रिय चिया सम्मेलन र कोशी प्रदेश जलवायु सम्मेलन आयोजना गर्ने कार्यक्रममा बजेट विनियोजन गरेको छ ।

सरकारले खोटाङ जिल्लामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको छ भने झापाको दमक स्थित सरस्वती माध्यामिक विद्यालयमा अटिजम अनुसन्धान केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । त्यस्तै किशोरी सशक्तीकरण कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

त्यसबाहेक सरकारले ज्योतिष, तान्त्रिक तथा वास्तु अध्ययनका लागि पनि बजेट विनियोजन गरेको छ । साथै सरकारले प्रदेशभित्र उत्पादन हुने अल्लो तथा खाडीका कपडालाई प्रदेशका सार्वजनिक सेवाका कर्मचारीहरूको पोशाकको रूपमा प्रयोग गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ ।

चालु वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँ बजेटमध्ये असार मसान्तभित्र ३१ अर्ब ५८ करोड रुपियाँ खर्च हुने अनुमान सरकारले गरेको छ । गोरखापत्र अनर्लाइनबाट

TOP