प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

करफोकमा पर्यटन पत्रकारिता तालिम

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
करफोकमा पर्यटन पत्रकारिता तालिम

फिक्कल: इलामको करफोकमा पर्यटन पत्रकारिता सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । कोशी प्रदेश पर्यटन बर्ष २०८२ को अवसरमा पर्यटन क्षेत्रको थप प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले इलाम, झापा, पाँचथर र ताप्लेजुङका ४० बढी पत्रकारका लागि उक्त तालिम संचालन गरीएको हो ।
पर्यटन कार्यालय काकडभिट्टाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ झापाको आयोजना र फोटो पत्रकार मंञ्च झापाको समन्वयमा शुरु भएको तालिममा पत्रकारिता मार्फत पर्यटन प्रवर्धन, रैथाने खाना परिकार र कोशी भ्रमण प्रदेशको पर्यटन बर्षका बिषयमा केन्द्रित हुने छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संघीय सांषद महेश बस्नेताले उक्त कार्यक्रमको उद्घाटन गर्नु भयो। तालिमको सहजीकरण पत्रकार केदार शर्माले पर्यटन र रैथाने खाना परिकार, पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले क्रस बोर्डर पर्यटन सम्बन्धि, पर्यटन कार्यालय काकडभिट्टाका पर्यटन अधिकृत निरज कट्टेलले भ्रमण बर्षका बिषयमा र पर्यटन रिर्पोटिङका बिषयमा पत्रकार बिराट अनुपमले प्रशिक्षण दिने आयोजक पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनु भयो ।
कार्यक्रममा सांसद बस्नेतले प्रकृति र संस्कृति दुई कुराले नेपालको पर्यटन क्षेत्र अब्बल रहे पनि पर्यटन क्षेत्र गुठबन्दीमा परेको बताउनु भयो । ‘नेपालमा उच्च तहको बुझाई नै पर्यटन क्षेत्रका रुपमा काठमाण्डौ, पोखरा र चितवनलाई मात्र बुझने छ, हाम्रा जस्ता सुन्दर ठाउँ अव खोजीनु पर्दछ ।’
पत्रकार महासंघका संस्थापक महासचिव भण्डारीले देशको सबै क्षेत्र धरायसी बन्दा पर्यटन क्षेत्र अलिकति बचेको बताउनु भयो । उहाले कोठे पत्रकारिता गरेर पत्रकारिता मार्फत पर्यटन प्रवर्धन नहुने बताउदै सम्बन्धित ठाउँमै पुगेर खोजमुलक पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।
पर्यटन कार्यालय काकडभिट्टाका पर्यटन अधिकृत कट्टेलले कोशी प्रदेश भ्रमण बर्षको तयारीका लागि पहिलो चरणमा पर्यटन बर्ष घोषणा गरीएको बताउनु भयो । उहाले पत्रकारिता मार्फत पर्यटन क्षेत्रको उजागर गर्न तालिम संचालन गरीएको जानकारी दिनु भयो ।

TOP